जवलाखेल युथ क्लब आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

जवलाखेल युथ क्लब आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

JYC & MMC

जावलाखेल युथ क्लबले आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

सोमबार मनाङलाई सडन डेथमा ७–६ गोलले हराउँदै जावलाखेलले सेमिफाइनलमा स्थान बनाएको हो।

पोखरा रंगशालमा निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा धकेलियो।

पेनाल्टीमा मनाङमाथि जावलाखेलले बाजि मार्‍यो।

खेलमा सुरुवाती अग्रता जावलाखेलले बनाएको थियो।

खेलको ५५ औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए।

मनाङका राजेश परियारले खेलको ८९ औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट बचाए।

जावलाखेलका लागि विशाल तामाङ, पुस्कर खड्का, छिरिङ लामा, प्रवेश कुँवर, हरिशराज भट्ट, प्रदिप बुढाथोकी र शिशिर लेखीले गोल गरे।

जावलाखेलका सेवान्त थापा र हिसुव थपलियाले पेनाल्टी मिस गरे।

मनाङका जय गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, अस्विन घोरासैनी, लक्षु थापामगर, जियारथले गोल गरे।

त्यस्तै, रणदिप पौडेल, सुरज सिंह, निशान लिम्बुले गोल मिस गरे।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds