तेस्रो नवदुर्गा कप उपाधि एनवाईसीलाई

तेस्रो नवदुर्गा कप उपाधि एनवाईसीलाई

Messenger_creation_6C40ECC9-B727-4367-9E57-245FDAA5E09A

पोखरा /२ वैशाख
नवदुर्गा युवा क्लब पोखरा-१३ आर्वाको आयोजना तथा नवदुर्गा टोल विकास संस्थाको सह-आयोजनामा भएको तेस्रो नवदुर्गा कप भलिबल उपाधि एनवाईसीले हात पारेको छ।

गलकोट क्लब उपविजेता बन्यो । प्रथम र दितिय समुहले क्रमश ४५,००० र ३०,००० का साथमा ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त गरे।बेस्ट पिलेयर ,बेस्ट सेटर,बेस्ट डिफेन्डर ले एक हजारको साथमा टर्फी ,मेडल र प्रमाणपत्र हात पारे।तीन दिन सम्म चलेको प्रतियोगितामा १६ समुहको सहभागीता रहेको खेल सयोजक सन्त बहादुर थापाले जानकारी दिए । विजयी समूहलाई वडा सदस्य बल बहादुर बराल,सुचिता तामाङ र सरिफ मियाले पुरस्कार वितरण गरेका थिए । यसै बिच कलाकार अमर धितालले सांगीतिक प्रस्तुति राखेका थिए । क्लबका अध्यक्ष मनोज बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदर्शन बरालले गरेका थिए।

प्रतिक्रिया

भर्खरै