पोखराको लेकसाइडमा होलीको रौनक

पोखराको लेकसाइडमा होलीको रौनक

tourist photo pkr 1

पाेखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटक पनि बिहीबार होली खेलेर रमाएका छन् । पर्यटकको केन्द्र लेकसाइडमा विभिन्न देशका पर्यटक एकले अर्कोलाई रङ लगाएर रमाएका हुन् । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँगै विदेशी पर्यटकले होली खेलेका हुन् ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेबान पोखराले फागूपूर्णिमाका अवसरमा आयोजना गरेको ¥यालीसमेत विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म भएको र्‍यालीमा पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा वाह्य पर्यटक विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले करिब २ सय विदेशी पर्यटक ¥यालीमा सहभागी भएको बताउनुभयो। हरेक वर्ष फागुपूर्णिमाको अवसरमा रेबानले विदेशी पर्यटक लक्षित कार्यक्रम गर्दै आएको छ । पौडेलले हाम्रो देशको संस्कृति बारे पर्यटकलाई जानकारी दिनका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिक्रिया