आज फागू पूर्णिमा, कास्कीसहित पहाडी जिल्लामा मनाइँदै

आज फागू पूर्णिमा, कास्कीसहित पहाडी जिल्लामा मनाइँदै

Pokhara-holy-2075-15

पोखरा । आज फागू पूर्णिमा अर्थात होली । रङहरुको पर्व । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।

खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि विशेष रुपमा यो पर्व मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।

आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ । होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिए पनि अहिले पानी बढी प्रयोग हुने गरेको छ । होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न कास्की प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।

प्रतिक्रिया