थ्रिस्टार क्लब आहा—राराको सेमिफाइनलमा

थ्रिस्टार क्लब आहा—राराको सेमिफाइनलमा

aha rara 27 photo

पोखरा । थ्रिस्टार क्लब टाइब्रेकरमा मछिन्द्र क्लबलाई हराउँदै आरारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको खेलमा थ्रिस्टारले मछिन्द्रलाई ४—२ ले पराजित गरेको हो । निर्धारित र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा थ्रिस्टारका दिपेश घले, फोडे फोफोना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गर्नुभयो ।

मछिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठले गोल गर्नुभयो भने विशाल घलान र आदित्य शाक्य गोल गर्न चुक्नु भयो । विशालले हानेको बल बारमा लागेर फर्कियो भने आदित्यको प्रहार थ्रिस्टारका किपर सरिन जिसीले रोक्नु भयो । खेलमा म्यान अफ दी म्याच थ्रिस्टारका दिपेश घले हुनुभयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा थ्रिटारले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन ।

खेलको १९ औँ मिनेटमा दिपेश घलेले डिबक्स नजिकैबाट हानेको प्रहार सेकेन्ड बारमा लागेर रिबाउन्ड भयो । खेलको ९३ औँ लक्ष्मण रुचालको प्रहारलाई थ्रिस्टारका किपर अभिशेक बरालले समात्नुभयो । अतिरिक्त समयको अन्तिम मिनेटमा फोडे फोफोनाको हानेको बल फस्टबारमा लागेर रिबाउन्ड भएको थियो ।

खेलमा मछिन्द्रले पनि केही अवसरलाई गुमायो । खेलको ६ औँ मिनेटमा अनिष डाँगीले विपक्षी तीन डिफेन्सलाई छलाएर हानेको बल फस्टबार नजिकैबाट बाहिरियो । खेलको ३६ औँ मिनेटमा आयुष घलानको पास बसलाई अनिष डाँगीले वान भर्सेस वानको अवस्थामा हानेको बल विपक्षी किपर अभिशेकले बचाउनुभयो । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीबिचमा तालमेल नहुँदा पराजय भएको बताउनुभयो ।

प्रतिक्रिया