कार्यभार सम्हाल्नुअघि नै विवादमा डोनाल्ड ट्रम्प

कार्यभार सम्हाल्नुअघि नै विवादमा डोनाल्ड ट्रम्प

donalt

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै उनको कतिपय निर्णयलाई लिएर विवाद सुरु भएको छ । ट्रम्प पहिलादेखि नै यौन काण्डमा मुछिएका थिए ।

यसैबिच उनले आफ्नो सरकारमा यौन दुर्व्यवहारको आरोप लागेको व्यक्तिहरूलाई मनोनयन गरेका छन् । यस्तो अवस्थामा विवाद चर्किएको छ । ट्रम्पले भर्खरै म्याट गेट्जलाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गरेका थिए ।

यति ठूलो पदमा अनुभवविहीन गेट्जको नियुक्तिबारे पहिले नै प्रश्नहरू उठिरहेका थिए । तर डोनाल्ड ट्रम्प आफ्नो नियुक्तिमा टसमस छैनन् । यस्तो अवस्थामा रिपब्लिकन पार्टीका नेता र सिनेटरहरूले गेट्जको नियुक्तिलाई अनुमोदन नगर्ने पनि बताएका छन् ।

ट्रम्पको यो नियुक्तिलाई अनुमोदन गर्न सिनेटमा कम्तीमा ५१ सदस्यको समर्थन हुनुपर्छ । समग्रमा आगामी दिनमा गेट्जको नियुक्तिलाई लिएर सिनेटमा ठूलो विवाद हुने सम्भावना छ । यसैबिच, ट्रम्पले स्पष्ट पारेका छन् कि उनको नजरमा गेट्ज उनको क्याबिनेटमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् । गेट्सले नेतृत्व गर्न लागेको विभागमा ४० भन्दा बढी एजेन्सी र १ लाख १५ हजार भन्दा बढी मानिस काम गर्छन् ।

यौन काण्डमा संलग्नता

गेट्जमाथि यौन दुर्व्यवहार र लागूऔषध प्रयोगको आरोप छ। उनीमाथि छानबिन भइरहेको छ । उनीमाथि नाबालिग बालिकासँग यौन सम्बन्ध राखेको आरोप छ । उनले यसलाई अस्वीकार पनि गरेका छन् । आफ्नो एक क्लाइन्टले गेट्जले नाबालिगसँग यौन सम्पर्क गरिरहेको देखेको भनेर भनेको गेट्जलाई आरोप लगाउने दुई महिलाका वकिलले शुक्रबार भनेका थिए । ट्रम्पको चुनावी अभियानमा सामेल हुन गेट्जले पहिला नै कांग्रेस सदस्यताबाट राजीनामा दिएका थिए ।

आरोपी छन् रक्षामन्त्री पनि

ट्रम्पको आगामी सरकारमा यस्ता आरोप लागेका गेट्ज एक्लो व्यक्ति होइनन् । ट्रम्पले पिट हेगेसेगलाई रक्षामन्त्रीमा मनोनित गरेका छन् । सन् २०१७ मा पिटमाथि यौन शोषणको आरोप लागेको थियो । फक्स न्यूजका पूर्व एङ्कर पीटले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । केही दिनयता सामाजिक सञ्जालमा उनको चरित्रमाथि प्रश्न उठिरहेको छ । ट्रम्पले राष्ट्रपतिका पूर्व उम्मेदवार रोबर्ट एफ. केनेडी जुनियरलाई स्वास्थ्य मन्त्री र तुलसी गबार्डलाई गुप्तचर विभागको निर्देशक नियुक्त गरिएको छ । यी दुईको नियुक्तिमा पनि प्रश्न उठिरहेका छन् ।

एजेन्सी

प्रतिक्रिया