मैत्रीपूर्ण फुटबलमा नेपालसँग अफगानिस्तान पराजित

मैत्रीपूर्ण फुटबलमा नेपालसँग अफगानिस्तान पराजित

football

तस्बिर एजेन्सी ।

काठमाण्डौं ।  नेपालले मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २—० गाेलले पराजित गरेको हो । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे ।

नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो । अब नेपाली टोलीले सन् २०२५ को मार्चमा एशियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।

प्रतिक्रिया