गण्डकीका सांसद राजीव गुरुङ दीपक मनाङे कारागार चलान

गण्डकीका सांसद राजीव गुरुङ दीपक मनाङे कारागार चलान

dipak

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ दीपक मनाङे काठाडौंमा पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार सानो भर्‍याङबा६ पक्राउ गरेको हो । सर्वोच्च अदालतले उनीविरुद्धको मुद्दामा कात्तिक २० गते फैसला गर्दै दोषी ठहर गरेपछि उनी पक्राउ परेका हुन् ।

२०६१ सालमा चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा मनाङेमाथि लागेको हो । २०६१ वैशाख २१ गते चक्रे मिलन उर्फ मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो ।

उक्त मुद्दामा उच्च अदालत पाटनको फैसला अनुसार केही समय उनी कारागारसमेत बसिसकेका छन् । सर्वोच्चले उच्चकै फैसला सदर गरेको हो । उनलाई ५ वर्षको कारागार सजाय अदालतले सुनाएको छ । अब उनले करिब २८ महिना जेल बस्नुपर्ने भएको छ ।

मनाङे मनाङ जिल्लाको प्रदेश सभामा ‘ख’ बाट २ पटक सांसदमा निर्वाचित भएका हुन् । मनाङे पहिलो र दोस्रो कार्यकालको अहिलेसम्म ६ पटक मन्त्री भइसकेका छन् । प्रहरीका अनुसार  फैसला कार्यान्वयनका लागि अदातल उपिस्थत गराएर  आज नै कारागार चलान गरिएको छ । उनलाई डिल्लीबजार कारागारकाे ख ब्लकमा राखिएको छ ।

प्रतिक्रिया