कालीकोटमा जिप दुर्घटना हुँदा ७ को मृत्यु

दुर्घटना

कालीकोटमा जिप दुर्घटना हुँदा ७ को मृत्यु

accident_UPDhwBMd6M

कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै दुर्घटनामा परेको हो ।

पलाँता गाउँपालिकाको खिनबाट थिर्पुका लागि छुटेको बोलेरो जिप सडकबाट पाँच सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका सात र गम्भीर घाइते १२ गरी १९ जना नै एउटै पालिकाका हुन्।

कालीकोट प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतका अनुसार पलाँता गाउँपालिका–६ का दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, वडा नम्बर ३ का छाया शाही र वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको घटनास्थलमा ज्यान गएको हो । त्यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका चालक ४६ वर्षीय धनीराम रावतको सुर्खेतमा उपचारकका क्रममा ज्यान गएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १२ जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । क्षमता भन्दा बढी यात्रु रहेका कारण जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया