आइसिसी विश्वकपमा नेपालसँग स्कटल्यान्ड ५ विकेटले पराजित

आइसिसी विश्वकपमा नेपालसँग स्कटल्यान्ड ५ विकेटले पराजित

sandeep-1536×1024

पोखरा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको एक दिवसीय खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो ।

स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै, करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्यान्डले दिएको लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा ग¥यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै, कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया