पोखरा । नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अमेरिकासँग ३ विकेटले पराजित भएको छ ।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा राति भएको खेलमा २८७ रनको लक्ष्य पाएको अमेरिकाले निर्धारित ओभरको २ बल बाँकी छदै ७ विकेटको क्षतिमा खेल आफ्नो पोल्टामा पार्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो ।
नेपालले दोस्रो खेल मंलबार स्कटल्यान्डसँग खेल्नेछ। लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्यान्डस्, स्कटल्यान्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन्।