रित्तो थाल ठटाएर सहकारी पीडितको पोखरामा विरोध प्रदर्शन

रित्तो थाल ठटाएर सहकारी पीडितको पोखरामा विरोध प्रदर्शन

sahakari pidit

तस्बिर : लक्ष्मण बरालको फेसबुकबाट ।

पोखरा । पोखराको मुस्ताङचोकमा कास्कीका सहकारी पीडितले आज रित्तो थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि लगिएको बेलामा उनीरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले रविको गिरफ्तारीकाविरुद्ध रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेर अदालतलाई दबाबमा राख्न खोजेको प्रदर्शन गरेका हुन । प्रदर्शनकारीलाई मुस्ताङचोक भन्दा पश्चिम तर्फ जान दिइएको छैन् भने सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएको छ । रास्वपाका कार्यकर्ताले पनि रत्नचोक नजिकै वाइचोकमा धर्ना दिएर प्रर्दशन गरेका छन् ।

सहकारी पीडितले रवि जीबी को हुन ? सहकारी ठग हुन, जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,गोर्खा मिडियामा लगेको रकम फिर्ता गर, हाम्रो बचत फिर्ताले, सहकारी पीडितलाई न्याय दे, सहकारी पीडित एक हौं, सहकारी पीडित विरुद्ध राजनीतिक गतिविधि बन्द गर,जिबी राईलाई पक्राउ गर, पोखरालाई शान्त राख लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया