अमेरिकासँग नेपालको पहिलो टी ट्वान्टी क्रिकेट खेल, नेपालले दियो १ सय ६५ रनको लक्ष्य

अमेरिकासँग नेपालको पहिलो टी ट्वान्टी क्रिकेट खेल, नेपालले दियो १ सय ६५ रनको लक्ष्य

ashif_sekh_txgT2rfFdG

पोखरा । अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा भएको पहिलो टी–२० खेलमा घरेलु टोलीलाई नेपालले १ सय ६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६४ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए ।

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । यो टी–२० शृंखलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृंखला हुनेछ । नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेलेको हो ।

प्रतिक्रिया