काठमाडौं । गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट २ सय १७ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर अझै २८ जना हराइरहेका छन् ।
घटनामा घाइते भएका १ सय ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको सरकारको भनाइ छ ।