पोखरा । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा पोखराको लेकसाइडदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म र्याली गरिएको छ ।
उक्त अवसरमा पर्यटकलाई यातायात सेवा प्रदान गरिरहेको ६० वटा सवारी साधन सहितको र्याली प्रदर्शन गरिएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरामा हाल ४ सय ५० भन्दा बढी स्तरीय पर्यटक सवारी साधनले सेवा प्रवाह गरिरहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटक सवारी साधनका माध्यमबाट पर्यटन क्षेत्रमा राम्रो योगदान पुगिरहेको बताउँदै यसको पहिचानलाई गुम्न दिन नहुने बताए ।
एनटिभिए गण्डकीका कार्यबाहक अध्यक्ष रविप्रसाद आचार्यले इम्बोष्ड नम्बरका नाममा पर्यटक सवारी साधनको् पहिचान हराउन नदिन सबैको साथ र सहयोग आवश्यक हुने बताए ।कावा अध्यक्ष आचार्यको अध्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विकास कंडेलले गरेका थिए । सेप्टेम्बर २७ अर्थात असाेज ११ गते विश्व पर्यटन दिवस मनाइएकाे हाे ।