पेट्रोलिय पदार्थको मूल्य घट्यो, पोखरामा पेट्रोल लिटरको १५९ 

पेट्रोलिय पदार्थको मूल्य घट्यो, पोखरामा पेट्रोल लिटरको १५९ 

petrol

पोखरा ३१ भदौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । आइतबार साँझ बसेको नियम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको हो ।

यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू भएको छ । मूल्य घटेपछि विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४६ कायम भएको छ ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजल तथा मट्टीतेल १ सय ४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ भएको छ ।

प्रतिक्रिया