पोखरा

पोखरा १२ माटेपानीकाे हिल्सबड मन्टेश्वरीद्वारा ४४ जना विद्यार्थी दीक्षित
पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित हिल्सबड मन्टेश्वरीले यूकेजीमा अध्ययनरत ४४ जना विद्यार्थीलाई दीक्षित गरेको छ । आइतबार दीक्षान्त समारोह आयोजना गरी मन्टेश्वरीले विद्यार्थीलाई दीक्षित गरेको संयोजक देवकी सापकोटाले जानकारी दिइन् । हिलप्वाइन्ट माविका प्राचार्यसमेत रहेका दिवाकर जैशीले विद्यार्थीलाई प्रमाणपत्रद्वारा दीक्षित गरेका हुन् । कार्यक्रममा प्राचार्य जैशीले बालबालिकालाई सानैदेखि असल संस्कार सिकाउनुपर्ने बताए...
प्याब्सु कास्कीको अध्यक्षमा विजयराज अधिकारी
पोखरा । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) कास्कीको चौंथो अधिवेशनले विजयराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गंगा आले, सचिव कल्पना गुर्माछान, कोषाध्यक्ष मीना भण्डारी चयन भएका छन् । सदस्यमा विद्या अर्याल, मोतिमाया गुरुङ, मिजास तिवारी, प्रज्ञान तिमिल्सिना, महेश पौडेल, शर्मिला धमला रहेका छन् । समितिको कार्यकाल २...
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५१ युनिट रगत सकंलन
पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसिययसनले एघारौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका...
पोखराको लेकसाइडमा होलीको रौनक
पाेखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटक पनि बिहीबार होली खेलेर रमाएका छन् । पर्यटकको केन्द्र लेकसाइडमा विभिन्न देशका पर्यटक एकले अर्कोलाई रङ लगाएर रमाएका हुन् । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँगै विदेशी पर्यटकले होली खेलेका हुन् । रेस्टुरेन्ट...
फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिमा उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की),...
पोखराबाट चिनको छेन्दु हप्तामा एउटा चार्टर उडानहुँदै
पोखरा । चिनको सिचुवान प्रान्तको छेन्दुमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी चैतदेखि हप्तामा एउटा चार्टर उडानको कार्यतालिका बनाइएको छ । विमानस्थल बनेको २ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो । पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को नेतृत्वमा चिनियाँ दूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा चार्टर उडान गर्न लागिएको...
पोखरामा आफ्नै पसलमा आगो लगाउने युवा पक्राउ
पोखरा । बिमा कम्पनीबाट रकम असुल्ने गलत मनसाय राखेर आफ्नै पसलमा आगो लगाउने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका ३ स्थायी घर भई पोखराको तालचोक बस्ने २८ वर्र्षीय रमेश शर्मा लोहार रहेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार लोहारले पोखरा न्युरोडस्थित शर्मा आइटी...
सुशासनसँगै समृद्धि सरकारको प्राथमिकता : सञ्चारमन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवालाई प्रभावकारी, छिटो,छरितो बनाउन १२ वटा कानुन ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आईको तेस्रो राष्ट्रिय सम्मेलनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन कानुन पनि समस्याको रुपमा रहेकाले सरकारले अध्यादेशमार्फत् कानुन ल्याएको स्पस्ट पार्नुभयो । “नेपाली जनताको त्याग...
‘महिलाका मुद्दामा पुरुष जानकार हुन जरुरी’
पोखरा । पोखरामा आयोजित महिला संवादमा महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पोखराका प्रमुख नितु गर्तौलाले महिलाका विषयमा पुरुष जानकार नभएसम्म महिलाले न्याय नपाउने...
धर्मका नाममा कानुन विपरीतका कार्य नगर्न पोखरा महानगरको चेतावनी
पोखरा । मानव सेवा फाउन्डेसनले अनुमति बिना कोटीहोम गर्न खोज्दा पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा असहज परिस्थिति सिर्जना भएको छ। उच्च अदालत पोखरामा विचाराधीन रहेको कोटीहोमसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आएको अवस्थामा जबरजस्ती भूमिपूजन गर्न खोजिएपछि झडपसमेत भएको छ । महानगरपालिकाका जनप्रतिनिधिहरूले शुक्रबार कार्यक्रम स्थगन गर्न आग्रह गर्दा अटेर गर्दै अघि बढाइएकाले...