पोखरा

अन्तर्राष्ट्रिय संग्रहालयले पर्यटन दिवस मनाउँदै
पोखरा । पोखरा  १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् ।...
गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै : छवि
पोखरा असोज ९ । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीको बयान सुरु भएको छ । उनलाई सोमबार जिल्ला अदालत कास्कीबाट सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति लिएर बयान लिन सुरु गरिएको हो । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा छवि पक्राउ परेका हुन्...
विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस पाेखरामा मनाइँदै, आज सातै प्रदेशका पर्यटन मन्त्रीको भेला
पोखरा ९ असोज । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा आज संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला हुँदैछ । सघीय मन्त्रीसहित सबै प्रदेशका मन्त्री मंगलबार साँझसम्म पोखरा आइपुगेको गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए । मन्त्रीहरुकाे भेला लेकसाइडस्थित टिका रिसाेर्टमा हुन लागेकाे...
४२ लाखका च्यांग्रासहित फरार फकिर पक्राउ
पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका...
पेट्रोलिय पदार्थको मूल्य घट्यो, पोखरामा पेट्रोल लिटरको १५९ 
पोखरा ३१ भदौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । आइतबार साँझ बसेको नियम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू भएको...
पोखराका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा
पोखरा भदौ ३१ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको सरुवा भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले थापाको सरुवा गृह मन्त्रालयमा गरेको हो । पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवराज चौलागाईं आउने भएका छन् । उनी राष्ट्रिय दलित आयोगका सचिव थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा...
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण कार्की निर्वाचित
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । कार्कीले ४ सय ८८ मतले पोखरेललाई पराजित गरेका हुन् । पोखरेल प्यानल बनाएर चुनावी मैदानमा उत्रीएका थिए भने कार्की...
पोखरा उद्योग वाणिज्य संघमा मत गणनाहुँदै
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि हिजो भएको मतदानको अब केहीबेरपछि मत गणना सुरु हुँदैछ । निर्वाचन समितिका अनुसार मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । पोखरा उद्योग वाणिज्य संघमा २ हजार ९ सय ७ मतदाता रहेका छन् । आठ बजेबाट मतगणना सुरु गर्ने भनिएको थियो...
पोखराका पत्रकारहरु सुवेदी र शर्मालाई (ना) को सम्मान
पोखराका पत्रकारहरु अमृत सुवेदी र परशुराम शर्मालाई नेपाल हवाई खेलकुद संस्था (ना) ले सम्मान गरेको छ। संस्थाको साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो। सुवेदी अनलाइनखबर गण्डकी ब्युरो प्रमुख र शर्मा नेपाल टेलिभिजनका संवाददाता हुन्। पत्रकारद्वयलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का...
फेवाताल जलाधार क्षेत्रको दिगो व्यवस्थापनमा प्रभावकारी समन्वय आवश्यक
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन्। महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रालिद्धारा आयोजित ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल...