नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमवार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारीले एमाले, माओवादी, राप्रपा र दीपक मनाङेसहित ३३ सांसदको समर्थन लिएर मुख्यमन्त्री पदमा दाबी गरेका थिए। स्वतन्त्र निर्वाचित मनाङे केही समयअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपनि सरकार बनाउन एमालेलाई समर्थन गरेका हुन्।...