समाचार

वैसाख–१६ मा राष्ट्रिय लेखक दिवस मनाउने तयारी
नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने तयारी थालिएको छ। नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले संपूर्ण लेखकहरूले गौरव गर्ने ‘लाइब्रेरी पर्व’का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णयसँगै तयारी थालिएको हो। अबका दिनमा हरेक वर्ष बैशाख–१६ लाई लेखक दिवसका रूपमा मनाउन संपूर्ण लेखकहरूलाई समेत संघको आग्रह छ। नेपाली लेखक संघले उही वैशाख–१६ देखि हरेक वर्ष राष्ट्रिय लेखक...
गोरखाका पालिकाबीच १० बुँदे साझा घोषणापत्र जारी
गोरखाका ५ पालिकाले १० बुँदे घोषणापत्र जारी गरेका छन्। आन्तरिक तथा बाह्य पर्यटक भित्राउन साझेदारी, समन्वय तथा सहयोग गरी आन्तरिक आय वृद्धि गर्न सामूहिक पहल गर्ने र प्राकृतिक स्रोत, साधन तथा वस्तुहरूको उपयोग, संरक्षण, लाभलागत अनुमान तथा प्राप्तिमा समान अवधारणाको विकास गर्ने १० बुँदे घोषणा पत्रमा उल्लेख गरिएको छ। पालिकाबीच असल अभ्यास आदान प्रदान तथा...
उपनिर्वाचन: आजदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ?
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (शुक्रबार) बाट आचारसंहिता लागु भएको छ। निर्वाचन आयोगका अनुसारआजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ। क–कसलाई लाग्छ आचारसंहिता ? (क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग) संवैधानिक निकाय र सो...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा ३ रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम संचालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।...
तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता
तनहुँ–१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आज (सोमबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ वटा दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन्। मंसीर ४ गते भएको निर्वाचनमा निर्वाचित नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैसाख १० गते तनहुँ–१ मा उपनिर्वाचन...
वैसाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुँदै
वैसाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि ३ क्षेत्र बारा–२ मा २६, चितवन–२ मा २४ र तनहुँ–१ मा ९ गरि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार छन्। बारा निर्वाचन क्षेत्र नं. २ मा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय...
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन्। गत मंसीर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि...
पोखरामा सम्पन्न दुवाथलनको झलक (फोटो फिचर)
२०२३ एशियन ट्राइथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत शनिबार दुवाथलन भएको छ। पहिलो दिन हिँजो (शनिबार) ट्राइथलनका इभेनट र दोस्रो दिन आज (आइतबार) दुवाथनलनका इभेन्ट भएको थियो। नेपालको पर्यटकीय क्षेत्र पोखराको फेवाताल छेउमा आयोजना भएको ट्राइथलन र दुवाथलनमा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी...
साउद र स्नेहल दुवाथलन च्याम्पियन
युएईका साउद अलजावी र महिलातर्फ भारतकी स्नेहल सुनिल जोशीले दुवाथलन च्याम्पियन बनेका छन्। साउद र स्नेहलले नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलन तर्फको उपाधी जितेका हुन्। २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ्ग र २.५ कि.मी. दौडको दूरी ५९ मिनट २७ सेकेन्ड...
चर्च ब्वाइजले जित्यो सिमरा गोल्डकपको उपाधि
चर्च ब्वाइज युनाइटेड क्लबले सिमरा गोल्डकपको उपाधि जितेको छ। शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्री–किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। त्यस्तै, दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल...