समाचार

पोखरा स्पोर्ट्स अवार्ड २०७९ को मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ। बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले ४ विधामा मनोनयनमा पर्न सफल भएका ३÷३ जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धीको आधारमा मनोनयन सार्वजनिक गरिएको...
उपचुनावः चितवन–२ बाट रवि लामिछाने विजयी
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन्। वैसाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन्। उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्दैै लामिछानेले जीत हात पारेका हुन्। जितनारायण श्रेष्ठले...
उपचुनावः तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी
प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको शानदार जीत भएको छ। स्वर्णिमले ३४ हजार ९१९ मतसहित विजय हात पारेका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाए। वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ छ। नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाए। मंसीर ४...
उपनिर्वाचन: तनहुँ –१ को मतगणनास्थलमा सीसीटिभी जडान
तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो। मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सीसीटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। कार्यालयकाअनुसार २ वटा कोठामा मतगणना गरिनेछ। मतगणनास्थल निर्माणका...
उपनिर्वाचन: मध्यरातदेखि मौन अवधि सुरु
उपनिर्वाचनमा हिँजो (बिहीबार) मध्यरातदेखि मौनअवधि सुरु हुने भएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले मौनअवधि तोकेको हो। वैशाख १० गते (आइतबार) हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचार–प्रसार सकिएको छ। निर्वाचन कानुनअनुसार मतदान हुनुअघिको ४८ घण्टाको समयलाई मौन अवधि मानिने व्यवस्थाअनुसार बिहीबार दल तथा उम्मेदवारहरूले अन्तिम तथा निर्णायक प्रचार–प्रसार गरेर आफ्नो चुनावी अभियानलाई...
उपनिर्वाचन : तनहुँ–१ मा मतदान अधिकृतहरु तोकियो
तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि १ सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो। नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज (वैशाख ५ र ६) गते...
पोखरा महानगरभित्र न्यून लागतका १०० व्यवस्थित घर निर्माण गर्न त्रिपक्षीय सम्झौता
पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक लिमिटेडकाबीच महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो। सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग...
अन्नपूर्ण हिमाल आरोहणका क्रममा भारतीय आरोही मालु बेपत्ता
अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन्। दोस्रो शिविरभन्दा केही माथिबाट आज (सोमवार) दिउँसो भारतीय आरोही ३४ वर्षका अनुराग मालु हराएका सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिएका छन्। हराइरहेका आरोहीको खोजी भइरहेको पनि उनले उल्लेख गरेका छन्। राजस्थानको किशनगढका मालु ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण...
पोखरा स्पोर्ट्स अवार्डलाई केल्मीको साथ
नेपाली बजारमा छुट्टै स्थान बनाएको केल्मी ब्राण्डले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सहयोग गर्ने भएको छ। यही बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने उक्त अवार्डलाई सफल पार्न केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। उक्त प्रा.लि.का म्यानेजिङ डाइरेक्टर उत्तम...
पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने राखेपको प्रतिवद्धता
सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सघाउने भएको छ। आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल एवं सचिव शशीकुमार पौडेलसँगको भेटमा...