असार २२ मा नेपाल पत्रकार महासंघको चुनाव

असार २२ मा नेपाल पत्रकार महासंघको चुनाव

प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलको प्रेस विज्ञप्ति

आगामी असार २२ गते नेपाल पत्रकार महासंघको चुनाव हुने भएको छ।

महासंघले सो मितिमा मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

महासंघको केन्द्रीय निर्वाचन समितिले आज (शुक्रबार) निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो।

हेरौं, पत्रकार महासंघको सूचना

निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको छ।

महासंघले असारको ७ गते साँझ साँढे ८ बजे मतदाताहरुको प्रारम्भिक नामावली समेत प्रकाशन गरेको छ।

सोही समयदेखि असारको १० गते विहान १० बजेसम्म मतदाता उपर दावा विरोध गर्ने समय तोकेको छ।

असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ।

उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।

यस्तै, असार १३ गते उम्मेदवारउपर दावी विरोध गर्ने मिति जनाइएको छ। उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ।

असार १० गतेसम्म मतदाता नामावली उपर दावी विरोधको समय निर्धारण गरिएको छ।

हेरौं, महासंघको निर्वाचन कार्यतालिका

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds