समाचार

टी–२० क्रिकेटको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित
वेस्ट इन्डिज ‘ए’ टोलीसँगको दोस्रो टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित भएको छ। ‘वेस्ट इन्डिज ’ए’ ले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो। नेपालका कप्तान रोहितकुमार पौडेलले नट आउट ७१ रन र गुल्सन झाले २६ रन बनाए पनि अन्य ब्याटरले साथ दिन...
एसिया कप दुआथलनमा नेपाली सेनाको वर्चश्व
नेपालका हिमाल टमाटा एसिया कप दुआथलनको च्याम्पीयनसीप बनेका छन्। नेपाल ट्रायथलन एशोसिएसन (एनटीए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पियनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाटा प्रथम भएका हुन्। उनले ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौडको निर्धारित दूरी ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै दुवाथलनको च्याम्पियन बनेका हुन्। ट्रायथलनमा सहभागी अधिकांश...
ट्रायथलन राष्ट्रिय च्याम्पियनसीप पुरुषतर्फ नेपाली सेनाको क्लिन स्वीप
ट्रायथलन राष्ट्रिय च्याम्पियनसिपमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वर्चश्व कायम गरेको छ। च्याम्पियनसीपमा अन्य खेलाडीलाई पछि पार्दै पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्दै त्रिभुवन आर्मी क्लबले क्लिन स्वीप गरेको हो। सेनाका विपन खत्कत्वाले निर्धारित दूरी १ घन्टा ०५ मिनेट २५ सेकेण्डमा पार गरी च्याम्पियन बने। त्यसैगरी, सेनाकै प्रविन थारुले १ घन्टा ०६ मिनेट २०...
दक्षिण एसियाली ट्रायथलनमा भारतीय खेलाडीको वर्चश्व
दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसीपको महिला/पुरुष दुबैतर्फ भारतीय खेलाडीले वर्चश्व राखेका छन्। पुरुषतर्फ भारतका मुरलीधर नैरले १ घण्टा ०२ मिनेट ०३ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने। यसैगरी, भारतकै कौसिक विनयले १ घण्टा ०३ मिनेट २६ सेकेण्डमा निर्धारित दूर पार गर्दै दोस्रो बने। नेपालका विपन खत्कत्वाले १ घण्टा ०५ मिनेट २५ सेकेण्डको समयमा निर्धारित दूरी...
इजरायलकी इडा हानिसडोटिर बनिन् एसिया कप ट्रायथलन च्याम्पियन
इजरायलकी इडा हानिसडोटिर पोखरामा सम्पन्न एसिया कप ट्रायथलन च्याम्पियन बनेकी छन्। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भएको ट्रायथलनको इडा च्याम्पियन बनेकी हुन्। ट्रायथलनको स्प्रिन्ट विधाअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको निर्धारित दूरी इडाले १ घण्टा ०६ मिनेटमा निर्धारित दूरी पूरा गर्दै महिलातर्फ च्याम्पियन बनेकी हुन्। च्याम्पियन...
इजिप्टका सिफेलडिन इसमाइल बने एसिया कप ट्रायथलन च्याम्पियन
इजिप्टका सिफेलडिन इसमाइल पोखरामा सम्पन्न एशिया कप ट्रायथोलनको च्याम्पियन बनेका छन्। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भएको ट्रायथलनको पुरुषतर्फ इसमाइल च्याम्पियन बनेका हुन्। पुरुषतर्फका च्याम्पियन इसमाइलले ट्रायथलनको स्प्रिन्ट विधाअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बने। च्याम्पियन इसमाइलले...
नेपालले टी–२० शुंखलामा वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
वेस्ट इन्डिज ‘ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृंखलामा नेपालले विजयी सुरुआत गरेको छ। आज (शनिबार) भएको खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो। वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए। रोहित ५४ बलमा १...
राष्ट्रिय महिला हक्कीको सुरुआती खेलमै गण्डकीको हार
छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको पहिलो खेलमै गण्डकीले हार व्यहोरेको छ। गण्डकीले शनिबारदेखि  सुरु प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबसँगको सुरुवाती खेलमै हार व्यहोरेको हो। धुलिखेल खेल मैदानमा भएको उद्घाटन खेलमा आर्मीसँग गण्डकी प्रदेश ३–० गोल अन्तरले हार्न पुग्यो। आर्मीको जितमा सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले समान १/१ गोलको योगदान...
पोखरामा शनिबारदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसीप हुँदै
पोखरामा भोलि (शनिबार)देखि दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुँदैछ। नेपाल ट्रायथलन एशोसियसन (एनटीए) को आयोजनामा पोखरामा चौथो संस्करणको एसिया कप पुरुष तथा महिला ट्रायथलन हुन लागेको आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। साथै, यो दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुने आयोजकले बताएको छ। आयोजकका अनुसार कोरोनाका कारण २ वर्ष रोकिएको च्याम्पियनसीप यस वर्ष हुन लागेको हो।...
गण्डकी प्रदेश प्रहरी प्रमुख बनेर आइन् डीआइजी दुर्गा सिंह चन्द
गण्डकी प्रदेश प्रहरीको नयाँ प्रमुखका रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्द आउने भएकी छिन्। डीआईजी विकासराज खनालको उमेर हदका कारण अवकास भएपछि गएको बैशाख ७ गतेदेखि रिक्त रहेको गण्डकी प्रदेश नयाँ प्रमुखको जिम्मेवारी डीआईजी दुर्गा सिंहले पाएकी छिन्। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय भएको हो। डिआइजी दुर्गा...