समाचार

लामागाउँ गुम्बा एफसी बिटी कप च्याम्पियन
लामागाउँ गुम्बा एफसी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबलको च्याम्पियन बनेको छ। बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न पोखरा महानगरपालिका–१ पुरानो टुंडिखेलमा बिहीबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो। उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड...
वाफ वुमन्स च्याम्पियनसीप : नेपालले इराकमाथि गोल वर्षा गरायो
नेपालले वाफ वुमेन्स च्याम्पियनसीप २०२३ मा इराकलाई ५–० ले पराजित गरेको छ। सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकसहित ५ गोलको मद्दतले नेपालले इराकमाथि सहज जित निकाल्यो। प्रतियोगिताको समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियाको जेद्दामा भएको खेलमा यो सजिलो जित निकालेको हो। नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल संख्या कीर्तिमान ५० पुगेको छ। नेपालका...
‘लिजा’मा पोखरा महानगरको सुधार
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ‘लिजा’ मा पोखरा महानगरपालिकाको अंकमा सुधार आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकनमा पोखरा महानगरपालिकाले ८५.५ अंक प्राप्त गरेको छ। जुन आर्थिक वर्ष २०७८/०७९ भन्दा १६ अंकले बढी हो। त्यतिबेला, पोखरालाई ६९.७५ अंक मात्र मिलेको थियो। स्थानीय तहले कसरी काम गरिरहेका छन्...
गण्डकी प्रदेशको टोलीले जित्यो राईनो गोल्डकपको उपाधि
गण्डकी प्रदेशको टोलीले छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि जितेको छ। बुधबार नवलपुरमा भएको फाइनल खेलमा २८ विगाहालाई हराउँदै गण्डकी प्रदेशले उपाधि उचालेको हो। फाइनल खेलमा गण्डकीले २८ विगाहामाथि २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो। खेलमा अग्रता गण्डकीले ४८ औं मिनेटमा मुकुन्द न्युरेको गोलमार्फत लिएको थियो। उनले ५६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै...
वाफ वुमन्स च्याम्पियनसीप फुटबल : सिरियामाथि नेपालको शानदार जीत
२०२४ को वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीपमा नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ। मंगलबार साउदी अरबमा भएको खेलमा ४–१ गोलअन्तरले नेपाल विजयी बनेको हो । नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले १/१ गोल गरे। अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाइन्। १३ औँ मिनेटमा अनिताले...
पोखराको मुख्य बजार महेन्द्रपुलमा बन्यो अन्तर्राष्ट्रिय झण्डा पार्क
पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ। साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका ५ संस्थाको ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त पार्क सोमबार पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो। उक्त पार्कमा संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित १९७...
प्रेस युनियनले काँग्रेस महासमिति बैठक बहिष्कार गर्‍यो
नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठक बहिष्कार गरेको छ। काँग्रेसको महासमिति बैठकप्रति आपत्ति जनाउँदै युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गंभीर ध्यानाकर्षणसमेत गराएको छ। युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन्। ‘काँग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका...
पत्रकारितालाई विकसित, व्यवसायिक र समृद्ध बनाउन प्रतिवद्ध रहेको संचारमन्त्री शर्माको भनाई
संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्। सोमवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले संविधानले अख्तियार गरेअनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजान सरकार प्रतिवद्ध...
टेलिभिजन प्रसारणमा आला कार्ट मूल्य प्रणाली लागू
सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ। आइतबार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट लागू गरिएको बताएको हो। पत्रकार सम्मेलनमा विभागले सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्ण रुपमा लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ। सरकारले इन्टरनेट तथा टेलिभिजन हेर्ने ग्राहकहरुलाई सहुलियत दिनेगरी ग्राहकले चाहेको टेलिभिजन...
३ केन्याली धावकले जिते सफल पोखरा म्याराथन
तीन केन्याली धावकले १८ औं संस्करणको सफल पोखरा म्याराथन जितेका छन्। केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन्। वाहोमलले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधि जिते। उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। अघिल्लो वर्ष उनी उपविजेता भएका थिए। दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक...