समाचार

पोखरा महानगरपालिकाले स्थानीय तह कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट अंक ल्यायो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. २०७९÷०८० मा स्थानीय तह कार्य सम्पादन मूयांकनमा पोखरा महानगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको छ। आयोगले मंगलवार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पोखरा महानगरपालिकाले ६२.७४ अंक प्राप्त गरेको हो। यसअघि, आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा विवरणहरू अद्यावधिकको समस्याका कारण अवस्था कमजोर देखिन पुगेको थियो। आयोगले दिएको समय सीमाभित्र महानगरपालिकाले...
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित
नेकपा एमाले जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। एमाले गोरखाको आठौं अधिवेशनबाट कृष्णबहादुर नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन्। थापाको मत २ सय ८० आउँदा नेपालीको मत २ सय ०५ मत आयो। मेनबहादुर अधिकारी उपाध्यक्षमा र काजीराम रोका सचिवमा निर्वाचित भए। उपाध्यक्षका अन्य प्रत्यासीहरु विजयी अधिकारीले २ सय...
युट्युबरका लागि काउन्सिलको अभिमुखीकरण
प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ। मंंगलबार काउन्सिल सभाहलमा संचालनमा रहेका युट्युब च्यालनका संचालक÷सम्पादकहरुलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानुनी प्रावधानबारे कक्षा दिएको हो। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले युट्युबमार्फत मर्यादित सामग्री संप्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिए। पत्रकार आचारसंहिता...
नेपाल वाफ महिला च्याम्पियनसीप फुटबलको उपविजेता
नेपाल वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसीप फुटबलको उपविजेत ाबनेको छ। फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको छ। गएराति साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो। जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ। नेपाल पहिलो...
अनलाइन हिँसा रोक्न साइबर सचेतनाको खाँचो
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गर्‍यो। अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्नेमा जोड दिइन्। मन्त्री शर्माले भनिन्, ‘अनलाइन माध्यमबाट हुने सबै खाले हिंसा रोक्न व्यापक साइबर सचेतना अभियान संचालन...
गण्डकीको प्रदेशसभामा ३ विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभाको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गरेका हुन्। गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटाले समितिको प्रतिवेदनसहित प्रदेशसभामा पेस गरे। यस्तै, ‘गण्डकी प्रदेशमा...
१८३ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा
प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ। काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने १८३ अनलाइन संचार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो। कारबाहीमा परेकामध्ये १४३ संचार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख...
नेपाल वाफ च्याम्पियनसीप फुटबलको फाइनलमा
नेपाल पश्चिम एसियाली फुटबल फेडेरेशन (वाफ) च्याम्पियनसीप महिला फुटबलको फाइनलमा पुगेको छ। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा मंगलबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालका लागि प्रिती राईले खेलको ९५ औँ मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी हुन्। यसअघि, नेपालका लागि...
भोलिदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन भोलि (बुधबार)देखि सुरु हुँदैछ। भोलि दिउँसो २ बजे प्रदेश सभा बैठक सुरु हुँदैछ। हिउँदे अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसंचार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुँदैछ। यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार...
वाफ वुमन्स च्याम्पियनसीप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
नेपालले वाफ वुमन्स च्याम्पियनसीप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेको छ। शनिबार राति साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराउँदै समूह विजेता बनेको हो। खेलमा सावित्रा भण्डारीले २ तथा रेखा पौडेल र गीता रानाले १/१ गोल गरे। खेलको ४२ औँ मिनेटमा सावित्राले रेखा...