भिन्तुना र्‍यालीले नेपाल सम्वत ११४५ लाई पोखरामा स्वागत गरिने

भिन्तुना र्‍यालीले नेपाल सम्वत ११४५ लाई पोखरामा स्वागत गरिने

vintuna ryali

पोखरा ।नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना र्‍याली प्रर्दशन गरिने भएको छ । नेवा खलः कास्कीको आह्वान तथा बागबजार तायामाचाः समितिको आयोजनामा न्हुँ दया भिन्तुना र्‍याली निकालिने भएको हो ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार यसवर्ष कार्तिक १७ गते शनिबार न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा मनाइँदै छ । सो दिन बिहान न्हुः दयाः भिन्तुनाको र्‍याली पोखराको मोहरिया टोल, भैरव टोल, भिमसेन टोल हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत हुने छ ।

भिन्तुना र्‍याली निकाल्दा नेपाल संवतका सुरुवातकर्ता तथा राष्ट्रिय विभुति शंखधर शाख्वाप्रति सम्मान र श्रद्धा बढ्ने विश्वासका साथ र्‍याली निकाल्न लागिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । नेवार समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वतको नयाँ वर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष पोखरामा भिन्तुना र्‍याली निकाल्ने गरिएको छ ।

भिन्तुना र्‍यालीमा नेवा समुदायमात्र नभई तमु धिं, मगर संघ, तामाङ घेदुङ, क्षेत्री समाज, थारु समाज लगायत विभिन्न जातीय समुदायका व्यक्तिहरुसमेत झाँकीसहित उपस्थित हुने अध्यक्ष पालिखेले जानकारी दिए । र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाच, तायामाचा, धिमे बाजा, घोडेनाच आदि पनि प्रदर्शन गरिने छ ।

र्‍यालीमा झाँकीसहित सहभागी हुनेहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम पुरस्कार २५ हजार, द्धितीय पुरस्कार ६ हजार र तृतीय पुरस्कार ६ हजार र ५ हजार सान्त्वना राखिएको छ ।

प्रतिक्रिया

भर्खरै

Advt.


 

This will close in 5 seconds