समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्री मण्डल विस्तार
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री मण्डल विस्तार गरेका छन्। आफू दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएसँगै पाण्डेले प्रदेशका लागि थप २ मन्त्री मण्डल समेत विस्तार गरेका हुन्। पाण्डेले कास्कीका विन्दुकुमार थापा र लमजुङका टकराज गुरुङलाई मन्त्री मण्डलमा सामेल गराएका हुन्। मुख्यमन्त्री पाण्डेसँगै विन्दुकुमार थापा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र टकराजले आर्थिक मामिला मन्त्रालयको...
गण्डकीका मुख्यमन्त्री पाण्डेले दोस्रो पटक लिए शपथ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रो पटक पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बुधबार साँझ प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ खुवाएका हुन्। काँग्रेस संसदीय दलका नेता पाण्डे बुधबार नै मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार...
सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आज (बुधबार) नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पाण्डेले शपथ पनि आजै (बुधबार) लिने तयारी गरेका छन्। प्रदेश प्रमुख कार्यालयले सपथको सबै तयारी पूरा गरिसकेको स्रोतले बताएको छ। सर्वोच्च...
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। सर्वोच्च अदालतले यसअघि लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि उनी पदमुक्त भएका हुन्। सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले अधिकारीले यसअघि ६० सदस्य प्रदेश सभामा ३० सदस्यको मत पाउने भनि लिएको विश्वासको मत संविधान विपरित भएको ठहर गरेको हो। सर्वोच्च अदालतले नेकपा एमालेका नेता खगराज...
म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय पुरुषतर्फको बास्केटबल उपाधि
म्याग्दीको बास्केटबल टिमले गण्डकी प्रदेशस्तरीय बास्केटबल पुरुषतर्फको उपाधि जितेको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा म्याग्दीले उपाधि जितेको हो। फाइनल खेलको ओभर टाइममा म्याग्दीले पर्वतमाथि ७८–६८ को स्कोर निकाल्दै उपाधि जित्यो। निर्धारित समयको खेल दुबै टिमले ६५–६५ को बराबरी स्कोर खेल्दा खेल ओभर टाइमतर्फ धकेलिएको...
पत्रकार महासंघ कास्कीद्वारा विरही र सिग्देल पुरस्कृत
पत्रकार महासंघ कास्कीद्वारा महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरही र पत्रकार महासंघ कास्कीका सह–सचिव श्रीराम सिग्देललाई पुरस्कृत गरेको छ। महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ र सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कारबाट सम्मान गरेको हो। विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ को साथमा दोसल्ला...
पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी
नेपाल पत्रकार महासंघ कास्कीले इ–लाइब्रेरी र स्रोत केन्द्र संचालनमा ल्याएको छ। करीब ५५ लाख रुपैयाँ लागतमा खोलिएको यो पुस्तकालय मुस्ताङचोकस्थित पत्रकार महासंघ कास्कीको कार्यालय भवनभित्र खोलिएको हो। पुस्तकालय निर्माणमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोग रहेको पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बताएकी छिन्। महासंघ शाखा अध्यक्ष विमला भण्डारीले पत्रकारको क्षमता अभिवृद्धिसँगै ज्ञान...
सिरोहिया पक्राउसम्बन्धमा पत्रकार महासंघको ध्यानाकर्षण
कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएको जनाएको छ । ‘सिरोहियाले आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि विना सोधपुछ पक्राउ गर्नु प्रतिशोधपूर्ण छ’, जारी विज्ञप्तिमा भनिएको छ। महासंघ महासचिव रोशन पुरीद्वारा...
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको हो। यसअघि, सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली कान्तिपुर कार्यालय पुगेको थियो। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति...
कैलाश सिरोहिया भन्छन्, ‘किञ्चित विचलित हुँदिन’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले मिडिया ग्रुप किञ्चित विचलित नहुने जिकिर गरेका छन्। अध्यक्ष सिरोहियाले आफूविरुद्ध प्रहरीले जारी गरेको पक्राउ पुर्जीविरुद्ध विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने हुँदैन।’ कानुनअनुसार हुने हरेक अनुसन्धानमा संपूर्ण सहयोग गर्न एक...