सहकारी पीडितलाई घरघरमा पुगेर रास्वपाका कार्यकर्ताले भड्काएकोमा पीडितको आपत्ति (विज्ञप्तिसहित)

सहकारी पीडितलाई घरघरमा पुगेर रास्वपाका कार्यकर्ताले भड्काएकोमा पीडितको आपत्ति (विज्ञप्तिसहित)

1

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत् अपचालन भएको पुष्टीभएपछि मिडियका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सहकारी ठगी र सांगठनिक अपराधमा अनुसन्धान गर्न कास्की प्रहरीको हिरासतमा राखिएको छ ।
रास्वपाका कार्यकर्ता भने आफ्ना सभापतिलाई राजनीति प्रतिसोध साँधेर पक्राउ गरिएको भन्दै पोखरा केन्द्रित आन्दोलन गरिरहेका छन् । काठमाडौं, चितवन र अन्य जिल्लाबाट कार्यकर्ता ल्याएर पोखरामा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा पोखरेलीले साथ दिएका छैनन् । यसैका लागि रास्वपाका नेता तथा कार्यकर्ता घरघरै पुगेर समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

रास्वपाका नेता तथा कार्यकर्ता सहकारी पीडितका घरमै पुगेर पीडित बचतकर्तालाई भड्काउन थालेका छन् । । सूर्य दर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा र सहकारी बचत पीडित संघ कास्कीले बुधबार बिज्ञप्ति निकालेर रास्वपाको यो कदमप्रति आपत्ति जनाएका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकाररीसँगै पोखराको अन्य सहकारी संस्था र देशै भरीका समस्यामा रहेका सहकारी संस्था पीडित बचतकर्ताको ठगी भएको रकम यथाशीघ्र फिर्ता गराउने विषयको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा र सहकारी ठगी प्रकरणमा जोडिएको जोसुकै भएपनि निस्पक्ष छानबिन हुनुपर्ने उनीहरुको माग छ ।

सहकारी पीडित बचतकर्तालाई न्याय दिनुपर्ने समयमा रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषण गरेकोप्रति पीडितहरुले विरोध जनाएका हुन् ।

हाम्रो सहकारीको बचत र अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम दिनहुँ जसो पोखरामा भइराखेका छन् । पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएको र पिटिएको भन्दै बिगत २ वर्षदेखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेताहरुलाई हार गुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ती बिसाउदा पनि कहिल्यै कुनै सरसहयोग नपाएको उनीहरुको गुनासो छ । रविसँगै गोर्खा मिडियका तत्कालीन सञ्चालक छविलाल जोसी पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया