समाचार

असोज ५ मा नेपाल पत्रकार महासंघको निर्वाचन
नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ। यसअघि, अन्तिम समयमा सदस्य शुद्धीकरण विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो। महासंघ केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन असोज ५ गते एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पोखरेलले घोषित...
अरुणा शाहीलाई गण्डकी विश्वविद्यालयको सम्मान
गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ। विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच अरुणालाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले सम्मान गरेका हुन्। कस्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो। हालै, काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा वुमन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत...
टीआरसी विधेयक पारित, पत्रकार महासंघको स्वागत
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ। दुबै सदनबाट पारित भई कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिदैं नेपाल पत्रकार महासंघ स्वागत गरेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली...
सुमन सुबेदी, अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको अध्यक्ष
सुमन सुवेदी, अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको अध्यक्ष बनेका छन्। जिल्लाको २३ औं सम्मेलनबाट सुबेदी अध्यक्षमा चुनिएका हुन्। जिल्ला सम्मेलनबाट सुवेदीको नेतृत्वमा ४१ सदस्यीय समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा प्रताप शाह र विक्कल थापा क्षेत्री चयन भएका छन्। सचिवमा मनिष तामाङ, सह–सचिवमा दिनेश गुरुङ, महेश घर्तिमगर, विदुर तिमल्सिना र कोषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरिएको छ।
संचार क्षेत्रलाई थप व्यवस्थित बनाइँदै
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनका माध्यमबाट संचार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताएका छन्। प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री गुरुङले संचार क्षेत्रसँग जोडिएका अधिकांश ऐन तथा विद्यमान कानुन पुराना भएका बताए। उनले थपे, ‘ती कानुनलाई समयसापेक्ष परिमार्जन गरी आवश्यकताका आधारमा नयाँ कानुन निर्माण गर्नेतर्फ...
पलेशालाई नेपाल सरकारले ६५ लाखको पुरस्कार दिदैं
पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नेपाल सरकारबाट ठूलो राशिको पुरस्कार मिल्दैछ। पलेशालाई नेपाल सरकारले ६५ लाखको रुपैयाँ पुरस्कार दिदैंछ। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५–८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार...
पलेशाले पेरिस पारालिम्पिक्सबाट नेपाललाई दिलाइन् ऐतिहासिक पदक
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन्। के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल पनि भइन्।...
राष्ट्रिय महिला भलिबल खेलाडीलाई पुरस्कार
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई पुरस्कार वितरण गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज (बिहीबार) आयोजित कार्यक्रममा नेपाली टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही ३/३ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो। मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले २ लाख रुपैयाँ पुरस्कार पाए। सहायक प्रशिक्षक भरत यादव,...
‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ को तयारी तीब्र
पोखरा–१६ स्थित बाटुलेचौरमा आयोजित ‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ चार दिनसम्म संचालन हुने भएको छ। पोखरा–१६ वडा कार्यालयको समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मूल आयोजक समितिकी संयोजक वडासदस्य राजकुमारी वाँनियाले जानकारी दिइन्। वडाभित्रका आमा समुहले मेलाको आन्तरिक तयारीलाई तीब्र पारेका छन्। परम्परागत रूपमा...
पोखराको एक विद्यालयमा तीजको खर्च कटाएर अक्षयकोषमा रकम
नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ। तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुंगेसाँघु सितापाइला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १०५ रुपैयाको अध्यक्ष कोष...