महिला साफ च्याम्पियनसिपमा भुटान सेमिफाइनलमा

महिला साफ च्याम्पियनसिपमा भुटान सेमिफाइनलमा

Sonam-choden-bhutan-1-1024×575

तस्बिर हाम्राे खेलकुद डटकम

काठमाडौं । महिला साफ च्याम्पियनसिपको समूह बी को खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरल  पराजित गरेको छ ।  जितसँगै भुटान सेमिफाइनल प्रवेश गरेको छ ।

पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २-२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १-१ गोल गरे ।

यस नतिजासँगै भुटान ३ खेलमा ७ अंकको जोडेर शीर्षस्थानमा उक्लिएको छ । भुटानको गोल अन्तर +१६ भएको छ । नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । अब नेपालले समूह विजेता बन्न श्रीलंकालाई कम्तीमा ५ गोलको अन्तरले हराउनु पर्नेछ ।नेपालले कम्तीमा ६ गोल गर्नुपर्नेछ ।

नेपालले ५:३० बजे श्रीलंकासँग खेल्दैछ । पछिल्लो खेलमा नेपालले माल्दिभ्सलाई ११-० तथा भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो ।

प्रतिक्रिया

भर्खरै