समाचार

खेलकुद
साफ महिला च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा भारत विजयी
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा पाकिस्तानलाई ५–२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १–१ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १–१ गोल गरे । यसै खेलबाट भारतकी...
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
पोखरा । नेपालीहरुको महान पर्व विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमा आज बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो । सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुने...
आजको मौसम
गण्डकीसहित ५ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली...
जनकपुरकाे जानकी मन्दिरमा कोजाग्रत पर्व आज मनाइने 
धनुषा ।  धनुषाको जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा आज कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ । हिन्दू धर्मावलम्बीले मिथिलामा हिजो सो पर्व मनाएको भएपनि  जानकी मन्दिरमा आज मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । उनका अनुसार यस अवसरमा महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित रतौलीका स्व. ब्रह्मदेव ठाकुरको घरबाट प्रत्येक वर्षझैँ यसपाली पनि...
अपराध
बाबुले भीरमा फालेर हत्या गरे ६ वर्षीय छाेराको
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाका एक पुरुष आफ्नै छोरालाई भीरमा फालेर हत्या गरेका छन् । प्रहरीका अनुसार केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका हुन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए । बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले...
धौलागिरि हिमालबाट ५ वटै शव काठमाडौं लगियो
पोखरा । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचै जना रसियन पर्वतारोहीको शव  हेलिकप्टर मार्फत् काठमाडौं लगिएको छ । ७ हजार १ सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडैं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।  एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा...
एउटा शव काठमाडौं लगियो, ४ शव धौलागिरि हिमालमै
पोखरा । धौलागिरि हिमालमा ज्यान गुमाएका ५ जना पर्वतारोही मध्ये १ जनाको शव हेलिकप्टर मार्फत् काठमाडौ लगिएको छ । शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बाँकी ४ वटा शव पनि ल्याउने तयारी गरिएको प्रहरीको भनाइ छ । ७ हजार एक सय मिटर उचाइमा पाँच रुसी पर्वतारोही मृत अवस्थामा फेला परेका थिए । एयर अल्टिच्युडको...
दुर्घटना
 डडेल्धुराको बस दुर्घटनामा  ५ को मृत्यु
डडेल्धुरा । डडेल्धुरामा आज भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा, २१ वर्षीया कमला बोहरा र पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट...
अपराध
पोखरामा लागु औषधसहित १  पक्राउ
  पोखरा । कास्की प्रहरीले लागु औषध सहित १ जनालाई  पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १३ मियाँपाटन बस्ने वर्ष ३७ को अक्रम मियाँ पक्राउ परेका हुन् । उनले चलाउँदै आएको ग २४ प ५७७९ नम्बरको स्कुटर रोकी जाँच गर्दा...
२०१२ को ऐन देखाएर प्रहरी समायोजनमा अड्चन : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भइसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधबार आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा उनले भने, ‘अहिले पनि २०१२ सालको ऐन देखाएर समायोजना गरिएको छैन ।’ मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था...