समाचार

२६ औं संस्करणको लामाचौर तीज महोत्सव सुरु
पोखराको लामाचौरमा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि तीज महोत्सव सुरु भएको हो। महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो। बुधबारदेखि सुरु भएको महोत्सवमा कलाकारहरु प्रकाश पराजुली, सरस्वती लामिछाने, शान्ति गुरुङ, दीपक...
‘शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ’
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन्। मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रीत रहेको जानकारी गराए। उनले प्रदेशमा भएका विभिन्न जातजातिको...
संचारमन्त्रीहरु बोलेरै विवादमा पर्छन्
केपी ओली नेतृत्वको संचारमन्त्रीहरु बोलेरै विवादमा पर्ने गरेका छन्। गोकुल बाँस्कोटादेखि पृथ्वीसुब्बा गुरूङसम्मको नजिर हेर्दा यस्तै देखिन्छ। सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘प्रहरी महानिरीक्षक (आइजीपी) को जिब्रो थुत्नुपर्ने’, सार्वजनिक अभिव्यक्ति दिएपछि उनी विवादमा परेका छन्। प्रधानमन्त्री ओलीले संचारमन्त्री गुरुङलाई ‘जथाभावी नबोल्न’ सचेत गराएका छन्। संचारमन्त्री गुरूङले पनि उक्त कुराको ‘रियलाइज’...
लामाचौर कप भलिबल सुरु
साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ। विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो। पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो। गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः...
‘भ्यूजको लोभले स्वच्छ पत्रकारिता ओझेलमा पर्दैछ’
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संचार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको औंल्याएका छन्। राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संचार माध्यमहरुले सोसल मिडियाको भ्यूजको लोभमा परेको स्पष्ट पारे। उनले भने, ‘संचार माध्यमहरुले सामाजिक विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ। भ्यूजको लोभमा परेर सनसनीपूर्ण समाचारहरु प्रसारण...
गण्डकी प्रदेशका वनमन्त्री मनाङेले दिए राजीनामा
गण्डकीका वनमन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले पदबाट राजीनामा दिएका छन्। काँग्रेस–एमालेको भागबण्डामा प्रदेशको मन्त्रीमण्डल हेरफेर भएपछि मनाङेले वन तथा वातावरण मन्त्रीको पदबाट राजीनामा दिएका हुन्। सुरेन्द्रराज पाण्डे सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि मनाङेले असन्तुष्ट बन्दै सो वन तथा वातावरण मन्त्रीको पदबाट राजीनामा दिएका हु्न्। मनाङेले स्वकीय सचिव सन्तोष...
गण्डकी प्रदेशमा ४ नयाँ मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशमा एमालेबाट ४ नयाँ मन्त्री बनेका छन्। उनीहरुले सोमबार नै एक समारोहबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका छन्। एमालेका तर्फबाट नवनियुक्त मन्त्रीहरुमा नवलपुरकी पद्मा जिसी श्रेष्ठ, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल छन्। नवनियुक्त मन्त्री जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अधिकारीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था...
मिडिया एलाइन्सले बुझायो श्रममन्त्रीलाई ज्ञापनपत्र
मिडिया एलाइन्स नेपालले मूलधारका संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारको ध्यानाकर्षण गराएको छ। मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई मन्त्रालयमा भेटेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गरिएको छ, ‘कोरोना महामारी, आर्थिक मन्दीलगायत कारण धराशायी बनेको...
गण्डकी प्रदेशमा मन्त्रालयको संख्या ९ पुग्दै
गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाइँदैछ। सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस र एमालेबीच भागबण्डा मिलाउन हालको मन्त्रालय संख्या ७ बाट बढाएर ९ बनाउन लागिएको हो। केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएर सोहीअनुसार प्रदेश सरकारहरु पुनःगठन गरिएपनि गण्डकीमा २ दलबीच भाबण्डा मिलेको थिएन। अब, गण्डकीमा नेकपा एमालेलाई ४ र नेपाली काँग्रेसको भागमा ५ मन्त्रालय बाँडफाँड हुने सहमति भएको...
असोज ५ मा नेपाल पत्रकार महासंघको निर्वाचन
नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ। यसअघि, अन्तिम समयमा सदस्य शुद्धीकरण विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो। महासंघ केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन असोज ५ गते एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पोखरेलले घोषित...