समाचार

पोखरामा मौलिक तिहार उत्सव, मगर संघ च्याम्पियन
पोखरा । पोखरा टेलिभिजनले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सवमा नेपाल मगर संघ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्राह्मण, क्षेत्री, गन्धर्व समुदायबीच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो । च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी ,...
पोखरामा ५ हजार कुकुर दर्ता
पोखरा । पोखरा महानगरपालिकाले सडकमा जथाभावी छाडिने कुकुरको व्यवस्थापनका लागि घरपालुवा कुकुर दर्ता प्रक्रिया थालेको छ । महानगरपालिकामा  हालसम्म पाँच हजार कुकुर दर्ता भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले कुकुर दर्ता गरेर मात्र पाल्न आग्रह गरे । उनले पोखरामा विगतमा जस्तो जनावरका कारण सडक दुर्घटना हुने समस्या नरहेको स्पष्ट पारे । दीपावलीको...
आजको मौसम
गण्डकी र काेशीका हिमाली भेगमा हिमपातको सम्भावना
देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।   मौसम पुर्वानुमान महाशाखाका अनुसार गण्डकी, काेशी र  बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा...
आज कुकुर तिहार र लक्ष्मीको पूजा गरिँदै
पोखरा । आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने समितिको भनाइ छ । कात्तिक कृष्ण चतुर्दशीका...
गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । गत कात्तिक १२ गतेको मन्त्री परिषद्को निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत् मुख्य मन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको हो । जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरु, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन...
काग तिहार आज मनाइँदै
आज काग तिहार । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांङ निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यम दीपदान गर्नेक्रम पनि...
महिला साफ च्याम्पियनको उपाधि जित्ने नेपालको लक्ष्य
काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज फाइनल खेल हुँदैछ । फाइनलमा नेपाल र साविक विजेता बंगालादेशबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा बेलुका साढे ६ बजे सुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौं संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको...
अपराध
श्रीमतीको हत्या अभियुक्त तीन वर्षपछि पक्राउ
झापा। श्रीमतीको हत्या गरेर फरार रहेका एक अभियुक्त कतारमा पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको हो । अभियुक्त राई...
आइसिसी विश्वकपमा नेपालसँग स्कटल्यान्ड ५ विकेटले पराजित
पोखरा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको एक दिवसीय खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए ।...
४ वर्षपछि पोखरामा गुञ्जिदैँ एमटी ८८४८ ब्यान्ड
पोखरा । पोखरा महानगरपालिका ६ लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभिवाई सञ्चालनमा आउने भएको छ । चर्चित ब्यान्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतिसँगै आज क्लबको ग्रान्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए ।उनका अनुसार सो ब्यान्डले ४ वर्षपछि पोखरामा प्र्रस्तुति दिँदैछ । गुरुङले बेलुकी १० बजेबाट ‘एमटी ८८४८’ ले विशेष सांगीतिक प्रस्तुति दिने बताउँदैं प्रवेश...