समाचार

राजावादीले प्रदर्शनका नाममा उदण्डता र अराजकता मच्चाए : एमाले
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शनका नाममा गरेको अराजकताको भर्त्सना गरेको छ। एमाले महासचिव शंकर पोखरेलले राजावदीले प्रदर्शनका नाममा उदण्डता, अराजकता र हिंसा मच्चाइएको आरोप लगाएका छन्। सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारणका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमा गरिएको आगजनी र लुटपाटले...
राजावादीको प्रदर्शनमा हिंसा भड्काउने र सहभागी हुनेहरूलाई कडा कारबाही गर्न कांग्रेसकाे माग
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शनका नाममा गरेको हिंसात्मक घटनाको निन्दा गरेको छ। व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधनमा भएको तोडफोड र आगजनीलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको हो। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हिंसा भड्काउने र हिंसामा सहभागी...
तीनकुने घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौ‌ं ।  सरकारले तीनकुनेमा शुक्रबार भएको घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाको सत्य–तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए...
राजावादी आन्दोलनको नेतृत्व गर्ने ५ जना पक्राउ, दुर्गा प्रसाई फरार
काठमाडौं । राजावादी आन्दोलनको नेतृत्व गरिरहेका उच्च तहका  नेताहरूलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय बनेको छ । प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका  दुर्गा प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी शनिबार बिहानसम्म पनि भेटिएका छैनन् । प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार  प्रकाउ गरेको छ...
आजदेखि  माध्यामिक शिक्षा परीक्षा (एसइई)सुरु,  पाँच लाख विद्यार्थी सहभागी हुँदै
काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । आज बिहान ८ बजदेखि परीक्षाा सुरु हुनेछ भने विद्यार्थीले  अनिवार्य अंग्रेजी विषयको परीक्षाा दिनेछन् । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति...
लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी
काठमाडाैं । संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले...
भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई  लालपूर्जा वितरण
चितवन । चितवनको भरतपुरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ को ४ गरी १ सय २९ घरधुरीलाई आज (आइतबार) एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो ।...
समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण...
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९...
चलचित्र ‘द्रौपदी’ टोली पोखरामा, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी
पोखरा ।  चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ ।  चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो। चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्य का अनुसार, चलचित्रले मौलिक कथा प्रस्तुत गर्नेछ। डोल्पाका सुन्दर भू–दृश्यहरू...