समाचार

दुर्गा प्रसाईंको घरबाट बरामद ल्यापटप र मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब पठाइने
काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको नेपाल प्रहरीले उनको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआइबीका एसपी होबिन्द्र...
पोखरामा फिस्टेल आइभिएफ फर्टिलिटी सेन्टर संचालनमा
पोखरा । पोखराको गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलमा फिस्टेल आइभिएफ फर्टिलिटी सेन्टर सञ्चालनमा आएको छ । फिस्टेल हस्पिटलको तेस्रोे तल्लामा रहेको सेन्टरको फिस्टेल हस्पिटलका मेडिकल डिरेक्टर दीपेश कार्कीले स्त्री तथा प्रसूति र बाँझोपन रोग विशेषज्ञ डा.अनु हिराचन, डा राजीब लालचनका साथमा रिबन काटेर शुभारम्भ गरेका हुन् । नि:सन्तानको पूर्ण समाधान गर्ने गरी फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याइएको...
नक्कली फेसबुक आइडी बनाएर ठगी आरोपमा एक जना पक्राउ
काठमाडौं ।  नक्कली फेसबुक आइडी बनाएर २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार गुरुङ सोही आइडीको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू...
पृथ्वी राजमार्गको छिर्कन-देउराली सडक गएराति ११ बजेदेखि बन्द 
तनहुँ । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँमा पर्ने छिर्कन–देउराली सडक खण्ड गएराति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द भएको छ । राति १ बजेदेखि साढे १ बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिएको छ । पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म...
कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा–बेनी सडक आजबाट ६ घण्टा बन्द
पोखरा । पर्वतको मालढुंगा–बेनी सडक खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुँदैछ । गण्डकी प्रदेशलाई चीन र भारत सिमासँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्ने उक्त सडक कालोपत्र र स्तरोन्नति गर्न आजदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार आज बिहान...
रेडियो नेपाल गण्डकी प्रमुख शान्तिले गरिन् पदभार ग्रहण
पोखरा । रेडियो नेपाल गण्डकी प्रादेशिक प्रसारण कार्यालयकी नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङले पदभार ग्रहण गरेकी छन् । गुरुङ प्रादेशिक प्रशारण कार्यालय पोखराको पहिलो महिला कार्यालय प्रमुखसमेत बनेकी छन् । रेडियो नेपालको केन्द्रीय कार्यालयमा सरुवा भएका निवर्तमान कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवसहित कार्यालयका कर्मचारीमाझ गुरुङले आज पदभार ग्रहण गरेकी हुन् । २७ वर्षअघि सहसमाचार वाचकका रुपमा...
गुरुङ र मगर भाषालाई सरकारी काममा प्रयोग गर्न तमु धिं नेपालको माग
पोखरा । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयाेगमा ल्याउनका लागि आवश्यक ऐन कानुन कार्यविधि छिटो निर्माण गर्न तमु धिं नेपालले माग गरेको छ । तमु धिंले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएर उक्त माग गरेको हो । भाषा आयोगले संविधानत् गण्डकी प्रदेश सरकारलाई नेपाली भाषा बाहेक गुरुङ र मगर भाषा...
जागरण सभा सफल पार्न प्रेस चौतारीले बनायो विशेष योजना
काठमाडौं । प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताविरुद्ध मंसीर ७ गते काठमाडौंमा आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापूर्वक लाग्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसिर ७ को जागरण सभालाई व्यापक जनसहभागिताका लागि...
म्याग्दीको बेनी नगरपालिकामा यो वर्ष ३ सय योजना कार्यान्वयनमा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले यो वर्ष तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ । सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण,...
पिएमको चीन भ्रमणमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणकाे एजेन्डा समावेश गर्न प्रस्ताव
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डालाई समावेश गर्न गण्डकी प्रदेश सरकारले संघ सरकारसँग प्रस्ताव गरेको छ । क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल पोखरामा निर्माण गर्ने एजेन्डा समावेश गर्न प्रस्ताव गरिएको हो । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को...