समाचार

 लेखनाथ महोत्सव पुसको पहिलो सातादेखि
लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ। पहिलो चरणको तयारीबारे जानकारी दिने उद्देश्यले आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा संघले पुस ७ देखि १८ गतेसम्म पोखरा २७ को तालचोकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराएको हो। कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले...
विश्वकप फुटबल: अन्तिम १६ को समिकरण पूरा
कतारमा जारी २२ औं फिफा विश्वकपको अन्तिम १६ को समिकरण पूरा भएको छ। शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको हो। अब, अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले सेनेगल, अर्जेन्टिनाले अष्ट्रेलिया र पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी, क्रोएसियाले जापान, स्पेनले मोरोक्को, ब्राजिलले दक्षिण...
नेपाल र नामिबियाको खेल वर्षाले रोकियो
आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहीन सकिएको छ। वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो। यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामबियाले ४ बल खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस...
गोरखामा पृथ्वीनारायण शाहकालीन परेको तयारी
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको औंल्याएका छन्। गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई सम्बोधन गर्दै रानामगरले यस्तो बताएका हुन्। यस्तै, अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिनेगरी परेड आरम्भ गरिने जानकारी पनि उनले दिए। यस्तो परेड साँझअघि हरेक दिन संचालन...
सकियो गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम
गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम सकिएको छ। तालिममा सहभागी सबैलाई हालैमात्र प्रमाणपत्र वितरण गरिएको छ। होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीलगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरे। होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी...
विश्वकप फुटबल: जर्मनी बाहिरियो
समूहको अन्तिम खेलमा जित हात पारेपनि जर्मनी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। बिहीबार रातिको खेलमा कोस्टारिकालाई ४–२ गोलले पराजित गरेपनि समूह ‘ई’ को अंकतालिकामा तेस्रो स्थानमा रहेको जर्मनी यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ। समूह चरणका खेलमा जर्मनीले ४ अंकमात्रै जोड्यो। गए रातिको खेलमा जर्मनीका लागि काई हार्भट्जले २, सेर्जी निजाब्री र निकोलस फुल्करुगले १/१ गोल...
विश्वकप फुटबल: मोरक्को अन्तिम १६ मा
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ७ अंकसहित मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। शून्य अंक रहेको क्यानडा विश्वकप फुटबाट बाहिरिएको छ। कतारको अल थुमामा रंगशालामा समूह ‘एफ’ अन्तर्गत आज राति भएको खेलमा अफ्रिकी...
विश्वकप फुटबल: क्रोएसिया पनि अन्तिम १६ मा
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले पनि अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ५ अंकसहित क्रोएसियाले पनि समूह ‘एफ’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूह चरणको ३ खेलबाट ४ अंक जोडेको बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ। यस संस्करणको फिफा विश्वकप फुटबलमा...
कास्की काँग्रेस अन्तरघातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्न तयार
नेपाली काँग्रेस कास्कीले पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ। नेपाली काँग्रेस कास्कीको आज (बिहीबार) बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकमा पधादिकारी एबं सदस्यहरुले पार्टीभित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए। बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमितिसमक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो। अन्तरघात गर्नेको...
पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार
पत्रकार यदुनाथ बञ्जाराले पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार पाउँदैछन्। भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार बञ्जारालाई दिने निर्णय गरिएको हो। ईञ्जीनियर स्वर्गिय लेखबहादुर गुरुङकोअक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ। हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार...