अब, पत्रकार ढाकामोहन (गणेश) बरालको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी अगाडि बढ्ने भएको छ। संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल चयन भएका छन्। संघको आज (सोमबार) पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यसैगरी, संघको अधिवेशनले उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) चयन...