राष्ट्रिय

‘मिडियाको दुरूपयोग नगरौ’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मीडियाको दुरूपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्। बिहीबार काउन्सिलमा आयोजित नयाँ अनलाइन र युट्युब माध्यमका संचालक, सम्पादकहरूसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष बस्नेतले गैरजिम्मेवार र आधारहीन सूचना संप्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेर कारबाही गर्दै...
नेपालमा टिकटक चल्न थाल्यो
नेपालमा टिकटक चल्न थालेको छ। शुक्रबारदेखि टिकटक चल्न थालेको हो। यसअघि, भदौ ६ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि टिकटक चल्न सकेको थिएन। नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ। पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा र साक्षरताका लागि काम गर्नुपर्ने,...
संगीता पहाडी अर्याल, नेपाल टेलिकमको प्रबन्ध निर्देशक
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। यसअघि, संगीताले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेकी थिइन्। उनी, गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन्। टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको...
संचारमन्त्रीहरु बोलेरै विवादमा पर्छन्
केपी ओली नेतृत्वको संचारमन्त्रीहरु बोलेरै विवादमा पर्ने गरेका छन्। गोकुल बाँस्कोटादेखि पृथ्वीसुब्बा गुरूङसम्मको नजिर हेर्दा यस्तै देखिन्छ। सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘प्रहरी महानिरीक्षक (आइजीपी) को जिब्रो थुत्नुपर्ने’, सार्वजनिक अभिव्यक्ति दिएपछि उनी विवादमा परेका छन्। प्रधानमन्त्री ओलीले संचारमन्त्री गुरुङलाई ‘जथाभावी नबोल्न’ सचेत गराएका छन्। संचारमन्त्री गुरूङले पनि उक्त कुराको ‘रियलाइज’...
‘भ्यूजको लोभले स्वच्छ पत्रकारिता ओझेलमा पर्दैछ’
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संचार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको औंल्याएका छन्। राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संचार माध्यमहरुले सोसल मिडियाको भ्यूजको लोभमा परेको स्पष्ट पारे। उनले भने, ‘संचार माध्यमहरुले सामाजिक विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ। भ्यूजको लोभमा परेर सनसनीपूर्ण समाचारहरु प्रसारण...
मिडिया एलाइन्सले बुझायो श्रममन्त्रीलाई ज्ञापनपत्र
मिडिया एलाइन्स नेपालले मूलधारका संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारको ध्यानाकर्षण गराएको छ। मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई मन्त्रालयमा भेटेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गरिएको छ, ‘कोरोना महामारी, आर्थिक मन्दीलगायत कारण धराशायी बनेको...
असोज ५ मा नेपाल पत्रकार महासंघको निर्वाचन
नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ। यसअघि, अन्तिम समयमा सदस्य शुद्धीकरण विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो। महासंघ केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन असोज ५ गते एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पोखरेलले घोषित...
टीआरसी विधेयक पारित, पत्रकार महासंघको स्वागत
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ। दुबै सदनबाट पारित भई कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिदैं नेपाल पत्रकार महासंघ स्वागत गरेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली...
संचार क्षेत्रलाई थप व्यवस्थित बनाइँदै
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनका माध्यमबाट संचार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताएका छन्। प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री गुरुङले संचार क्षेत्रसँग जोडिएका अधिकांश ऐन तथा विद्यमान कानुन पुराना भएका बताए। उनले थपे, ‘ती कानुनलाई समयसापेक्ष परिमार्जन गरी आवश्यकताका आधारमा नयाँ कानुन निर्माण गर्नेतर्फ...
पाल्पामा एकैपटक २१ पत्रकार पुरस्कृत
पाल्पामा  एकै मञ्चबाट २१ जता पत्रकारहरुले पत्रकारिता पुरस्कार पाएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले २१ जना पत्रकारलाई एउटै मञ्चबाट पुरस्कृत गरेको हो। महासंघले तानसेनमा आज (मंगलबार) एक समारोह आयोजना गरी जिल्लाका २१ क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको हो। जसअन्तर्गत लुम्बिनी मेडिकल कलेजले स्थापना गरेको ५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष झपेन्द्र गैरे र...