राष्ट्रिय

एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौ हुने
पोखरा, ३ माघ । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल प्याव्सनको पोखरामा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागनु १६ र १७ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । परिषद् बैठकले विधानका केही बुँदाहरूमा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेशनल प्याब्सनको विधान परिच्छेद विविध ९.१...
सामुदायिक वन समृद्धिको आधार : उद्योग मन्त्री वस्याल
पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बदलिँदो परिस्थितिमा सामुदायिक वनको भूमिका विषयक कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् । सामुदायिक वनको हक, अधिकार सुनिश्चित गर्दै प्राकृतिक स्रोतलाई उपयोग गर्ने...
नयाँ संविधान जारी भएको ९ वर्ष पूरा, संविधान दिवस मनाइँदै
पोखरा । आज संविधान दिवस । विविध कार्यक्रम गरी संविधान दिवसा आज मनाइँदैछ । जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित कार्यान्वयनमा आएको नेपालको संविधान २०७२ निर्माण भएको ९ वर्ष पूरा भएको छ । प्रदेश सरकार, स्थानीय तह, देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी...
पोखरा उद्योग वाणिज्य संघमा मत गणनाहुँदै
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि हिजो भएको मतदानको अब केहीबेरपछि मत गणना सुरु हुँदैछ । निर्वाचन समितिका अनुसार मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । पोखरा उद्योग वाणिज्य संघमा २ हजार ९ सय ७ मतदाता रहेका छन् । आठ बजेबाट मतगणना सुरु गर्ने भनिएको थियो...
प्रेस चौतारी अध्यक्ष बस्नेतमाथि प्रहरी धरपकड
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि प्रहरीले धरपकड थालेको छ। बस्नेतमाथि प्रहरीले धरपकड गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गंभीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको...
रमेश विष्ट, पत्रकार महासंघको कार्यवाहक अध्यक्ष
नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन्। महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज (बुधबार) को बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो। उनले आज (बुधबार) देखि नै अध्यक्षको कार्यभार सम्हालेका छन्। ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गंभीर छलफल गरी अघि बढ्ने निर्णय गरेको...
त्रिवि कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक
त्रिविका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउनबाट रोक लगाइएको छ। उनीहरुले अब कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदैनन्। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको हो। पनिकाले मंगलवार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा...
पत्रकार महासंघ अध्यक्ष विपुलले दिए राजीनामा
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन्। तेस्रो पटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन्। उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्। अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको उनले स्विकारेका छन्। ‘बाह्य सरोकारवाला पक्षहरूले...
पत्रकार महासंघ र अकोराबमा साझा प्यानलको अवधारणा
प्रेस सेन्टर नेपालले आफ्नो नेतृत्वमा पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को निर्वाचनमा साझा प्यानल बनाउने निर्णय गरेको छ। संगठनका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ को अध्यक्षतामा आज (आइतबार) बसेको केन्द्रीय कार्यलयको बैठकले पत्रकार महासंघ र अकोराबलाई साझा चरित्रको बनाउन र सबैको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेको हो। संगठनका महासचिव...
‘मिडियाको दुरूपयोग नगरौ’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मीडियाको दुरूपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्। बिहीबार काउन्सिलमा आयोजित नयाँ अनलाइन र युट्युब माध्यमका संचालक, सम्पादकहरूसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष बस्नेतले गैरजिम्मेवार र आधारहीन सूचना संप्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेर कारबाही गर्दै...