राष्ट्रिय

यस वर्षको एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ (शुक्रबार) देखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा चैत २९ गतेसम्म हुनेछ। तालिकाअनुसार चैत १७ गते शुक्रवार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। चैत १९ गते अनिवार्य गणित र २०...
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिदैँ
आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी (वन्सन्त पञ्चमी)। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज (बिहीबार) देशभर श्रीपञ्चमी मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी मनाउनेवव प्रचलन छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास चलि आएको छ। आज देशभरका...
६ महिनामा ४५ संचार माध्यम काउन्सिलको कारबाहीमा
प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा संचार माध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ। जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ। अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ। आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक–पटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डट कमलाई कालोसूचीमा राखी थप कारबाही...
‘चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँ’
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका संचालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छिन्। प्रेस काउन्सिल नेपालको आज ( मंगलबार) अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिएकी हुन्। प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका संचालक र सम्पादकलाई अभिमुखीकरण...
आज पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) मनाइँदै
आज पुस २७ गते पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस। हरेक वर्ष पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस हर्षोल्लासपूर्वक मनाइन्छ। विक्रम संवत् १७७९ मा आजकै दिन अर्थात् पुस २७ मा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा ४ दर्जनबढी साना–साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए। भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले...
आजदेखि संघीय संसद् अधिवेशन
संघीय संसदका दुवै सदनको अधिवेशन आज (सोमबार) देखि आरम्भ हुँदैछ। गत मंसीर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार पहिलो अधिवेशन सुरु हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक आरम्भ हुनेछ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्नेछन्। अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। बैठकका...
राष्ट्रिय टोपी दिवस मनाइँदै
आज, दशौं राष्ट्रिय टोपी दिवस। राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशको शान, देशको पहिचान र राष्ट्रिय पोशाक संरक्षणका लागि यो दिवस मनाउन थालिएको हो। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन...
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
आज (पुस १६ गते, शनिबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। आज काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति...
‘क्रिसमस डे’, क्रिश्चियन धर्मालम्बीले धुमधामसँग ‘इभ’ मनाउँदै
आज अंग्रेजी क्यालेन्डर डिसेम्बर महिनाको २५ तारिक अर्थात ‘क्रिसमस डे’। क्रिश्चियन धर्मालम्बीले आज धुमधामसँग ‘क्रिसमस डे’ को ‘इभ’ मनाउँदैछन्। उज्यालो बत्ती, उपहार र उल्लासका साथ मनाइने यो चाडका अवसरमा नेपालमा सार्वजनिक बिदा दिइएको छ। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन्। २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या...
नवनिर्वाचित सांसदहरुले लिए सपथ, ४ सांसद अनुपस्थित
प्रतिनिधि सभाका २७० सांसदले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा नवनिर्वाचित सांसदहरुले सपथ लिएका हुन्। सांसदहरुले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ लिएका हुन्। जबराले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए। सपथ ग्रहणमा ४ सांसद अनुपस्थिति भएको संसद् सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार उनीहरुको सपथ पछि हुने...