अर्थ–बजार

ठगी
सहकारी ठगीमा पक्राउ परेका देवकुमार नेपालीलाई आज अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा  पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज अदालत पेश गरिने भएकाे छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर हिजाे राति पोखराहुँदै बागलुङ लगिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार नेपालीलाई आज अदालत पेश गरिने छ ।  सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी अपचलन गरेको...
ढोरपाटनका मेयर देवकुमारलाई बागलुङ लगियो, भोलि अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेको करिब डेढ वर्षपछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बागलुङ लगिएको छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज पोखराहुँदै बागलुङ लगिएको हो । सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी रकम अपचलन गरेको अभियोग लागेका उनी डेढ वर्षदेखि फरार रहेका थिए । नेपालीलाई...
शनिबारदेखि चाडपर्व लक्षित सार्वजनिक यातायातको टिकट बुकिङ खुला
काठमाडाै‌ ९ असोज । चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खुला गरिने भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा बसेको बैठकले आगामी असोज १२ गते शनिबारदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यस वर्षको दशैं तिहार र छठ पर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र काठमाडौं उपत्यका प्रवेश गर्दा यात्रा सहज...
दशैंका लागि आइतबारदेखि सुकिला नोट साट्न सकिने, कस्तोलाई भनिन्छ सुकिला नोट ?
पोखरा ९ असोज । यो दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको छ । दशैंमा नयाँ नोट वितरण नगरी सुकिला नोट मात्रै सटही गर्ने सूचना जारी गरेको छ । गत भदौ २६ गते नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै अगामी असोज १३ गते आइतबारदेखि गण्डकी प्रदेशको पोखरामा रहेको बैंकको प्रादेशिक कार्यालयसहित सातै...
छविको प्रहरीलाई प्रश्न, रविलाई कहिले पक्राउ गर्ने ?
काठमाडौं ८ असोज । सहकारीको बचत रकम अपलचन गरेको आरोपमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रहरीसँग प्रश्न गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरी पोखरा पठाउने क्रममा सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ ? भनेर पश्न...
छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको आदेश
पोखरा ७ असोज । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । प्रहरीले १० दिनको समय माग गरे पनि कास्की जिल्ला  अदालतका न्यायाधीश चन्द्रकान्त पौडैलको इजलाशले ५ दिनका लागि म्याद थप गरेकाे...
पोखरामा रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी
पोखरा ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा पोखरामा नाराबाजी भएको छ । जिल्ला प्राशसन कार्यालय नजिकै रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले प्रदर्शन गरेका हुन । रास्वपाका कार्यकर्ताले षडयन्त्र गरेर फसाउन थालिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन । सहकारीको पैसा गोर्खा...
पेट्रोलिय पदार्थको मूल्य घट्यो, पोखरामा पेट्रोल लिटरको १५९ 
पोखरा ३१ भदौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । आइतबार साँझ बसेको नियम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू भएको...
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण कार्की निर्वाचित
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । कार्कीले ४ सय ८८ मतले पोखरेललाई पराजित गरेका हुन् । पोखरेल प्यानल बनाएर चुनावी मैदानमा उत्रीएका थिए भने कार्की...
पोखरा उद्योग वाणिज्य संघमा मत गणनाहुँदै
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि हिजो भएको मतदानको अब केहीबेरपछि मत गणना सुरु हुँदैछ । निर्वाचन समितिका अनुसार मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । पोखरा उद्योग वाणिज्य संघमा २ हजार ९ सय ७ मतदाता रहेका छन् । आठ बजेबाट मतगणना सुरु गर्ने भनिएको थियो...