अर्थ–बजार

डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय
काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदावी नपुग्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा टं«क लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति...
पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्यवृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ । निगमले आइतबार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएको र भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर...
स्वदेशी उत्पादन बिजुली बढी प्रयोग गर्न कास्की प्रशासनको आग्रह
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास चुल्होको विकल्प अपनाउन कास्केली जनतालाई आग्रह गरेको छ । पोखरालगायतका ठाउँहरुमा ग्यास तथा पेट्रोलियम  पदार्थको अभाव देखिन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज  बसेको आपूर्ती समन्वय बैठकले कास्केली जनतालाई एलपी ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकपश्चात जारी कास्की...
डेडिकेटेड र ट्रकंलाइन महसुल विवाद नियमन आयोगमा, चैत १ गते सुनुवाइ हुने
काठमाडौँ । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा अदालत...
पर्वतमा अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे
पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा...
निर्वाचन आउन १ दिन बाँकी
 सार्वजनिक बिदाका दिन बैंक खुल्ने 
काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य...
सार्वजनिक बिदाका दिन बैकिङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो । राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न...
पोखरा एयरपोर्टबाट भारतका सहरमा उडान सुनिश्चित गर्न पोउवा संघको माग
पोखरा । नेपालस्थित भारतीय राजदूताबासका प्रथम सचिव सुमन शेखरले सूचना प्रविधि तथा नवप्रवर्तनका निम्ति नेपाल र भारतबीचको सुरु भएको साझेदारी फलदायी देखिएको बताएका छन् । दूताबासका वाणिज्यतर्फका प्रथम सचिव सुमनले हालै भारतमा भएको स्टार्ट अपको महाकुम्भ तथा आइटी सम्मेलनमा नेपालको तर्फबाट भएको सहभागिता अर्थपूर्ण रहेको पनि बताए । प्रथम सचिव सुमन उनको सम्मानमा बुधबार पोखरा...
प्रजातन्त्र दिवसको उपल्यक्षमा बुद्व विशाल बजारमा झण्डोत्तलन
पोखरा ७ फागुन । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्ष्यमा एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तलन गरेको छ । कार्यक्रममा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य,सल्हाकार तथा पुर्व अध्यक्ष केशव बहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सम्पुर्ण नेपालीहरूको लागी विशेष दिन हुने बताउदै खत्रीले...