Main News 2

दसैंमा मुस्ताङबाट १६ करोडको भेडाच्याङग्रा बिक्री
पोखरा ।  मुस्ताङबाट यो दसैंमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका अनुसार पाँच सय भेडा र सात हजार पाँच सय...
गण्डकीसहित ३ प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशका गण्डकीसहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ भने स्थानीय बायुको पनि आंशिक प्रभाव छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको...
दुर्घटना
दसैंमा ससुराली आएका ज्वाईंको मादीले बगाउँदा मृत्यु
तनहुँ । नुहाउने क्रममा मादी नदीले बगाउँदा तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार नवलपुरको गैंंडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनुहँले बताएको छ। पोख्रेल नुहाउन लागेको ठाउँ भन्दा करिब एक किलोमिटर तल पोख्रेलको उनको शव फेला परेको हो । प्रहरीका...
अपराध
डडेल्धुरामा बालिकाको हत्या, पोखरा बजारका व्यापारी पक्राउ
डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया बालिकाको हत्या भएको छ । बालिकाको हत्या आरोपमा एक व्यापारी पक्राउ परेका छन् । अमरगढी नगरपालिका ७ पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर फालेको अवस्थामा बालिकाको शव फेला परेको थियो । अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा सोही नगरपालिकाको पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी...
पोखरा महानगर भित्रका सडक अब ब्रुमरले सफा गरिने
पोखरा । पोखरा महानगर भित्रका सडकलाई अब मेसिन प्रयेग गरी सफा गरिने भएको छ । पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक सफा गर्न स्वीपर मेसिन (ब्रुमर) ल्याएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गरेको ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ । महानगरका मुख्य सडकहरूमा सवारीको चाप...
बञ्चरो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या
कैलाली । कैलालीमा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।  चुरे गाउँपालिका–६ ढुंगेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । उनले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले...
मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उनले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गरेका ५न् ।  “विजया...
काभा पुरुष भलिबलमा नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग फाइनल खेल्ने
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अंकले जितेको...
महानवमी पनि आज मनाइँदै
पोखरा ।  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष...
राजनीति
वैरभाव र निरासा फैलाउने प्रवृत्ति विरुद्ध एकजुट हुन एमालेको आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । पार्टी मुख्यालयमा बसेको बैठकबारे जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताए । उपमहासचिव ज्ञवालीले सरकारले...