Main News 2

महिला विश्वकपको एसिया छनोटमा युएईसँग नेपाल पराजित
पोखरा । १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ । नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय नौ रन मात्र बनाउन सक्यो । त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ...
महिला विश्वकप क्रिकेट छनोटमा  नेपालले आज युएईविरुद्व खेल्ने
काठमाडौं ।  यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज  युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्दैछ । नेपालको यो  तेस्रो खेल हो । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो ।   बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्दा  ६७ रनको फराकिलो अन्तरले जितेको थियो ।...
पूर्णबहादुरको सारंगीको नयाँ रेकर्ड, एकै दिन ३ सय ८० बढी शो
पोखरा । पूर्णबहादुरको सारंगी चलचित्र यतिबेला चर्चाको शिखरमा छ । चलचित्रले दर्शकको अभूतपूर्व माया पाएको छ । गन्धर्व परिवारको कथावस्तुमा आधारित चलचित्रले एकै दिन बढी शो पाउने चलचित्रको रेकर्ड समेत बनाएको छ । चलचित्रमा एउटा बुबाले छोराको सफलताका लागि गरेको संघर्षलाई देखाइएको छ ।काठमाडाै‌, पोखरा  लगायतका मुख्य सहरहरुमा चलचित्र उत्साहजनक रुपमा प्रदर्शन भइरहेको छ ।...
तनहुँको म्याग्दे गाउँपालिकामा पशुपन्छीको उपचार गर्न घुम्ती शिविर
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले पशुपन्छिको उपचार गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरमा १ हजार तीन सय पशुको उपचार गरिएको छ । शिविरमा ५३ वटा कुकुरलाई रेबिजविरुद्धको खेप, ७८ वटा पशुको गोबर परीक्षण, एक सय २० वटा बहर र बोकाको बन्ध्याकरण गरिएको म्याग्दे गाउँपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक विनय शाहले...
सरकारलाई सघाउन एमाले र कांग्रेसले बनाए समन्वय संयन्त्र
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय  समन्वय संयन्त्र बनाएका छन् । संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र...
अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा ट्रम्पको अग्रता
न्युयोर्क । हिजो भएको अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो । निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा...
राष्ट्रिय सूचना आयोग प्रमुख आयुक्तमा सुरेश, आयुक्तमा पोखराकी दुर्गा र गुल्मीका गगन सिफारिस
पोखरा । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डाक्टर सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा सिफारिस भएका छन् ।सिन्धुलीका  आचार्य न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष पनि हुन् । सूचना आयुक्तमा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालका पूर्वसदस्य दुर्गा भण्डारीको नाम सिफारिस भएको हो । सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार...
रवि लामिछाने र छविलाललाई म्याद थपका लागि अदालत लगिँदै
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति एवं गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने र अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ । हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप्न अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुलाई  जिल्ला अदालत कास्कीले हिरासतमा...
चक्कु प्रहार गरी तनहुँमा एक जनाको हत्या
दमौली । तनहुँमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा हिजो साँझ चक्कु प्रहारबाट नुवाकोटका ४७ वर्षीय दिलीप तामाङको हत्या भएकाे प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापा पक्राउ परेका छन् । व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई...
पोखरा महानगरको निर्णयको कर्मचारीका संघ, संगठनको पनि विरोध
पोखरा । पोखरा महानगरपालिकाको करार कर्मचारी हटाउने निर्णयको स्थानीय तह कर्मचारी संघ, संगठनले पनि विरोध गरेका छन् । कर्मचारीका संघ, संगठनले आज संयुक्त विज्ञप्ति निकालेर हिजो कात्तिक १५ गते बसेको पोखरा महानगरपालिका कार्यपालिका बैठकको निर्णय फिर्ता नभए आन्दोलन घोषणा गर्ने चेतावी समेत दिएका छन् । हिजोको कार्यापालिका बैठकले १० जना इन्जिनियर र १८ जना सबइिन्जिनियरलाई...