पोखरा २६ मा तीन सयको स्वास्थ्य परीक्षण

पोखरा २६ मा तीन सयको स्वास्थ्य परीक्षण

Health Camp Pic 02

पोखरा । पोखरा महानगरपालिका वडा नंं २६ को जल्धारेमा शनिबार आयोजित स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।
आर्युुवेद तथा बैकल्पिक ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको शुभार्रंभ गर्दै वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै जाँदा जटिल प्रकारका रोगहरु देखा पर्ने भएकाले तालिका बनाएर स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो । अध्यक्ष थापाले रोगका कारण पनि ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यले फरक व्यवहार गर्ने गरेको उल्लेख गर्दै, ज्येष्ठनागरिकमैत्री व्यवहार गर्न समेत जोड दिनु भयो ।

वडा विकासको मानक भौतिक पूर्वाधार मात्र नभएको उल्लेख गर्दै अध्यक्ष थापाले, नागरिक स्वस्थ र सुखी छन् की छैनन् भन्नेले पनि निर्धारण गर्ने बताउनु भयो । ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र र त्यसमा खाजाको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । दिवा सेवा केन्द्र सुधारका लागि वडाले बजेट विनियोजन गरेर अगाडी बढिरहेको समेत स्पष्ट पार्नु भयो ।

अध्यक्ष थापाले शारिरिक स्वस्थताले विचार र व्यवहारमा समेत प्रभाव पार्ने भएकाले नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिन आग्रह गर्नु भयो । गण्डकी आर्युवेद अस्पतालका प्रमुख डा. शंकर गौतमले ज्येष्ठ नागरिक स्वस्थ रहे ज्ञान र शिपको दोश्रो पुस्तामा हस्तान्तरण हुने बताउनु भयो ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडा सदस्य तीर्थबहादुर राजभाट, जल्धारे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुंगाना, जल्धारे टोल विकास संस्थाका अध्यक्ष महेन्द्र ढुंगाना, नमूना महिला समूहका सहसचिव कल्पना लामिछाने ढुंगाना, स्वास्थ्य महाशाखाका कर्मचारी सरिता अधिकारी देवकोटा लगायतले स्वास्थ्य शिविरको प्रभावकारिताका विषयमा बोलेका थिए ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजना, वडा नंं २६ को समन्वय र गण्डकीक आर्युवेद अस्पताल अर्घौको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको थियो । शिविरमा आर्युवेद अस्पतालका चार जना चिकित्सक सहितको टोलीले सहजीकरण गरेको थियो । शिविरमा ६ वर्षदेखि ९२ वर्षसम्मका गरी तीन सय जनाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको थियो ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds