Main News 2

१७ औं हिसान कास्की स्पोर्टस् मिट पोखरामा सुरु
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा १७ औं हिसान कास्की स्पोर्टस् मिट २०८१ मंगलबारबाट सुरू भएको छ । मिटको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताएका छन्उ ।  स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उनो भनाइ...
 विभिन्न मुद्दाका १० जना फरार प्रतिवादी पक्राउ  
पोखरा ।  तनहुँको इलाका प्रहरी कार्यालय आबुखैरेनीले विभिन्न मुद्दामा दोषी ठहर भई हालसम्म सजाय नपाएका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा विशेषरुपले अगाडि बढेको आबुखैरेनीको प्रहरी टोलीले  सार्वजनिक अपराध, चेक अनादर, लागुऔषध, कर्तव्यज्यान र बहुबिबाह मुद्दाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । गण्डकी प्रहरी कार्यालय पोखराका डिएसपी दीपकबहादुर बाेगटीका अनुसार...
पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम
पोखरा  । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन । शनिबार राति सम्पन्न संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट अध्यक्ष पदमा गौतम सहित प्रकाश बास्तोला र मिलन गोर्खालीले उमेदवारी दिएकोमा गोविन्द गौतमले १ सय ५ मत प्राप्त गरेर विजयी भएका थिए । अध्यक्षका उमेदवार  प्रकाश बास्तोलाले ३९...
स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
पोखरा । स्वरुप परिवर्तन गरिएका २३ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सवारी साधन जाँच गर्दा अवस्था ठिक नरहेका र चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाएको छ । कसैले...
पोखरामा लागु औषधसहित १ जना पक्राउ
पोखरा । पोखरामा लागू औषधसहित १ जना  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले  पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपील  घिमिरे पक्राउ गरेको हो । उनको साथबाट लागु औषध डाइजापाम- २२८ एम्पुल, फेनेरागन- २१२ एम्पुल, र ब्रुफिन- २२२ एम्पूल गरी जम्मा ६६२...
बडातिहारका लागि खर्च जुटाउन राउटे पोखरामा
पोखरा । खर्च जुटाउन सुर्खेतबाट राउटे समुदाय पोखरा आएका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोलीले हिजो पोखरा आएको हो । राउटे समुदायको मंसिर ११ र १२ मा परेको मुख्य पर्व बडातिहारको लागि खर्च जुटाउन पोखरा आएको मुखिया शेरबहादुरले सुनाए । उनीहरुले गण्डकीका मन्त्रालय र पोखरा महानगर पालिकामा सहयोग मागेका...
पोखरामा चल्ने ४२ सार्वजनिक बसमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने
पोखरा । हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ ।  यस रुटमा ६ स्थानमा प्रविधिसहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने भएको हो । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया...
गण्डकी र कोशीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने...
एक महिनामा औषधीको मूल्य समायोजन हुन्छ : मन्त्री पौडेल
पर्वत। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक महिनामा सबै प्रकारका औषधीको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेसन उद्घाटन गर्दै उनले औषधीमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गरिने बताए । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधी खरिद बिक्री हुने...
नक्कली फेसबुक आइडी बनाएर ठगी आरोपमा एक जना पक्राउ
काठमाडौं ।  नक्कली फेसबुक आइडी बनाएर २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार गुरुङ सोही आइडीको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू...