Main News 2

पोखरा एभेन्जर्स चितवन राइनोजसँग पराजित
काठमाडौं (नेपालय नेटवर्क) नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स चितवन राइनोजसँग ८७ रनले पराजित भएको छ । १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ ओभर १ बलमा ७४ रन मात्र बनाउन सक्यो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन...
असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिएका छन् । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने बताए । पोखरा वडा नं. १५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ समुद्घाटन समारोहमा उनले...
स्थानीय तह उपनिर्वाचनमा २४ स्थानकाे मत परिणाम सार्वजनिक
पोखरा ।  हिजो भएको  सम्पन्न स्थानीय तह उपनिर्वाचनको २४ स्थानको उपनिर्वाचन प्राप्त भएको छ । जसमा नेपाली कांग्रेस १३, नेकपा एमाले ५, माओवादी ४, जनता समाजवादी पार्टी नेपाल २ र एकीकृत समाजवादी पार्टीका एक जना वडाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसले निर्वाचन आयोगका अनुसार हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द,...
पोखराको ढुंगेसाँघुमा हुने शुक्लागण्डकी कोटीहोमको तयारी पूरा
पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुंगेसाँघु पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम–२०८१ को तयारी पूरा भएको छ । कोटीहोमको सोेमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा मंसिर १७ देखि २७ गतेसम्म कोटीहोम हुन लागेको...
  गण्डकीको गाेरखा ५ सहित  स्थानीय तहमा रिक्त ४१ पदमा आज मतदान
पोखरा ।  स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान सुरु भएको छ । आज बिहान  ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान समय तोकिएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम...
पोखराको घार्मीको ओमकारेश्वरमा बालाचतुर्दशी पर्व मनाइयो
पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ। पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि बिहानै...
कलम सहकारीको सम्मान कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई...
कलम सहकारीको सम्मान कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई...
अमरसिंह खेल मैदानमा १३ औं पोखरा महोत्सवको तयारी
पोखरा । पोखरा युनाइटेड क्लबले वर्षेनी आयोजना गर्दै आएको पोखरा महोत्वसको अर्को संस्करणको तयारी सुरु भएको छ । १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुस २५ देखि माघ ७ गते सम्म अमरसिंह खेल मैदानमा आयोजना गर्ने गरी क्लब तयारीमा जुटेको हो । महोत्सवलाई सफल बनाउन विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । युनाइटेड क्लबका...
गण्डकीसहित ३ प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
पोखरा ।  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । तराईंका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । महाशाखका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा...