Main News 2

सवारी दुर्घटनामा नेपालमा ५ वर्षमा १४ हजारकाे ज्यान गयाे
काठमाडौँ । सडक दुर्घटनाका कारण नेपालमा  विगत पाँच वर्षमा १४ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा १४ हजार २१४ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको हो । एक लाख ७१ हजार ९५२ जना घाइते भएका छन् । दुर्घटनाबाट हुने भौतिक क्षतिको कुनै लेखाजोखा छैन । आर्थिक वर्ष २०७६/७७ मा...
धादिङ बस दुर्घटनाबारे अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन
काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन र छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलले दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात...
रास्वपा कास्की १ का उम्मेदवार गनेस पौडेलको वाचापत्र सार्वजनिक
पोखरा ।राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्। वाचापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमि अधिकार, सुशासन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। वाचापत्रअनुसार विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १०...
‘कास्की–१ मा सधैँ खट्ने, पहिलोपटक उठेका बैनबहादुर नै जिताउँछौँ’
पोखरा । कास्की–१ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–३० का मतदातासँग भेटघाट गरेका छन् । शुक्रबार दिनभर उनले शिशुवा, मोहरिया, खुदीलगायत ठाउँका मतदातासँग भेटघाट गरेका हुन् । उनी मतदाता भेट्न पुग्दा निकै सकारात्मक प्रतिक्रिया पाएका छन् । पोखरा–३० ढुंगेपाटनकी मतदाता इन्दिरा तिवारीले कुनै विवाद नरहेको र निरन्तर यही भूगोलको सेवामा खटिएकाले...
१४ वर्षपछि जाउलाखेल क्लब आहाराराको फाइनलमा
पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्ड कपमा जाउलाखेल युथ क्लब १४ वर्षपछि फाइनल पुगेको छ ।बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा आभा फुटबल क्लब उज्बेकिस्तानलाई १—० गोलले पराजित गरी फाइनल यात्रा तय गरेको हो । खेलको ५२ औँ मिनेटमा जाउलाखेलका धर्वेन्द्र कुँवरले पोस्टमा प्रहार गरेको बललाई बिपक्षी आभाका खेलाडी खुसानले रोक्न खोज्दा पोस्टमा छिरेको हो...
प्रजातन्त्र दिवसको उपल्यक्षमा बुद्व विशाल बजारमा झण्डोत्तलन
पोखरा ७ फागुन । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्ष्यमा एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तलन गरेको छ । कार्यक्रममा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य,सल्हाकार तथा पुर्व अध्यक्ष केशव बहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सम्पुर्ण नेपालीहरूको लागी विशेष दिन हुने बताउदै खत्रीले...
शभर १५ स्थानमा आगलागीका घटना
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत...
मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको पोखरामा कार्यालय स्थापना
पोखरा । पोखरामा मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको पोखरामा कार्यालय स्थापना गरिएको छ ।पोखराको वाइचोक नजिकै स्थापना गरिएको कार्यालको मंगलबार उद्घाटन गरिएको हो । संस्थाका केन्द्रीय अध्यक्ष लक्ष्मीकुमारी खाँण र कास्कीका अध्यक्ष सुरज गुरुङले कार्यालयको उद्घाटन गर्नुभएको हो । मञ्चको कास्की शाखा २ वर्ष अगाडि गठन भएको भने कास्कीका २८ जना सदस्य रहनुभएको...
घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व संकलन
काठमाडौँ ।  गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न...
जाउलाखेल क्लब आहारारा पोखरा गाेल्ड कपको सेमिफाइनलमा
पोखरा । जाउलाखेल युथ क्लब पोखरामा जारी २५ औँ संस्करणको आहारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३—० गोलले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । जाउलाखेलका लागि धर्बेन्द्र कुँवर, निकोलस र सुजन गुरुङले एक/एक गोलको योगदान दिनुभयो । खेलको ४८ औँ मिनेटमा धर्बेन्द्र कुँवरले...