Main News 1

प्रेस चौतारी कास्की अध्यक्ष मोतीलाई मातृशोक
पोखरा । प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारीलाई मातृशोक परेको छ । उहाँकी आमा छली अधिकारीको ६९ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो । अधिकारीको हृदयघातका कारण निधन भएको हो । सोमबार दिउँसो एक्कासी हृदयघात भएपछि उहाँलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । स्वर्गीय अधिकारीको आज मंगलबार पोखरा २५ को...
पोखरा विमानस्थलमा एक रुपैंयाँ पनि भ्रष्टाचारको नभएको  महानिर्देशक अधिकारीको स्पष्टीकरण
पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्राधिकरणले एक रुपैयाँ पनि खर्च नगरेको दाबी गरेका छन्। पोखरामा आयाेजित पत्रकार सम्मेलनमा उनले  २०७१ देखि २०७९ सम्म क्यानको खाताबाट विमानस्थल परिसरमा खर्चिएको कुनै रकम नभएको स्पष्ट पारे। संसदीय उपसमितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन...
पोखराको लेकसाइडमा  ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’
पोखरा ।पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ । संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो ।...
टान गण्डकीद्धारा संचालित ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम समापन
पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिमको समापन गरिएको छ । मंगलबार पोखरामा समापन समारोह आयोजना गरी तालिममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । २ सय २१ जनाले ट्रेकिङ गाइड र ६० जनालाई पोटर गाइडको प्रमाणपत्र वितरण गरिएको थियो । तालिम समापन कार्यक्रमका...
नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो साधारण सभा
पोखरा । नेकपा एमाले निकटको नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश कमिटीको तेस्रो वार्षिक साधारण सभा भएको छ । सभाले अध्यक्ष बोबरजंग गुरुङको प्रतिवेदन, सचिव यमनाथ पौडेलले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पार्वती पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ । कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य किरण गुरुङले राजनीतिक स्थायित्व...
गण्डकीसहित ४ प्रदेशमा वर्षाको सम्भावना
पोखरा । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली...
पोखराको स्टेप बाई स्टेप माविमा सांस्कृतिक कार्यक्रम
पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा रहेको क्वालिटी सर्कलले गाईजात्रासम्बन्धी सांस्कृतिक कार्यक्रम गरेको छ । प्रतियोगितामा एन्जिल घर्ती मगरको लाखे नाच प्रथम भएको छ । इमा गुरुङको समूहको नृत्य द्वितीय भएको छ भने आरिस्माको समूहले प्रस्तुत गरेको परी नाच तृतीय भएको छ । कार्यक्रममा विभिन्न प्रतियोगी र अप्रतियोगी व्यङ्ग्य, नृत्य, कविता प्रस्तुत गरिएको...
युवा उद्यमी मञ्च, पोखरा र टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजबिच  समझदारीपत्रमा हस्ताक्षर 
पोखरा । नेपाली युवा उद्यमी मञ्च, पोखरा र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजबिच  समझदारीपत्रमा म‌ंगलबार हस्ताक्षर  भएको छ।दुई संस्थाबिच दीर्घकालीन सहकार्य, स्रोत तथा सीपको आदान–प्रदान, र पारस्परिक हितमा आधारित कार्यक्रमहरूको विकास र सञ्चालनलाई संस्थागत रूपमा अघि बढाउने  उद्देश्यरले समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताका विषयमा जानकारी दिंदै कलेजका प्राचार्य  प्रकाश रेग्मीले शैक्षिक क्षेत्र र...
प्रोटोनको तेस्रो सोरुम पोखराको बुद्धचोकमा
पोखरा । देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको...
प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका...