Main News 1

विश्वकप फुटबल: मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो
क्रोएसियाले फिफा विश्वकप २०२२ मा तेस्रो स्थान जित्न सफल भएको छ। ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्ले–अफमा क्रोएसियाले २–१ गोलअन्तरले पराजित गरेर तेस्रो स्थान जित्न सफल भएको हो। क्रोएसियाले विश्वकपमा पुन: एकपल्ट उच्चस्तरको प्रदर्शन गर्न सफल भएको छ। सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा आफूलाई बलियो टोलीका...
विश्वकप फुटबलको फाइनल समिकरण पूरा
कतारमा जारी विश्वकप फुटबलको फाइनल समिकरण पूरा भएको छ। बुधबार राति दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्सले विश्व फुटबलमा उदीयमान टोली मोरक्कोलाई हराएसँगै फाइनल समिकरण पूरा भएको हो। अब, यस संस्करणको विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना  फाइनल भिड्ने भएका छन्। फाइनलमा २/२ पटक विश्वकप जितेको फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्नेछन्। यसअघि,...
क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा
विश्व फुटबल महारथी अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ। साबिक उपविजेता क्रोएसियामाथि शानदार जित निकाल्दै २ पटकको विश्वकप विजेता अर्जेन्टिना फाइनल पुगेको हो। कतारस्थित लुसैल स्टेडियममा मंगलबार राति भएको यस संस्करणकै पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को गोलअन्तरले हरायो। अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनेल मेस्सी र जुलियन अल्भारेज चम्किए। प्रतियोगिताकै...
मेस्सीले विश्वकपमा सर्वाधिक २५ म्याच खेल्दै
अर्जेन्टिनी कप्तान मेस्सीले आज (मंगलबार) जारी विश्वकपको सेमिफाइनल खेल्दैछन्। कतारको दोहास्थित लुसाइल स्टेमिडयममा क्रोएसियाविरुद्धको खेल अर्जेन्टिनाले जित्यो भने कप्तान मेस्सीले विश्वकपमा सर्वाधिक म्याच खेल्ने खेलाडीको रेकर्ड बनाउनेछन्। जारी विश्वकपको सेमिफाइनलमा मेस्सीको खेल २५ पुग्नेछ। आज राति हुने सेमिफाइनल जितेर फाइनल खेल्ने नतिजा निकाले कप्तान मेस्सीले विश्वकपमा सबैभन्दा बढी म्याच खेल्ने खेलाडीको नाम दर्ता गराउनेछन्। सेमिफाइनल...
विश्वकप फुटबल: अर्जेन्टिना–क्रोएसिया सेमिफाइनल खेल्दै
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज (मंगलबार) अर्जेन्टिना र क्रोएसिया खेल्दैछन्। यी २ देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले ५ पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन्। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी २ पटकसम्म विश्वकपको उपाधि जितेको छ।...
यु–१८ एसियाली रग्बीमा कोरिया र युएई च्याम्पियन
दक्षिण कोरिया र युएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन्। च्याम्पियनसीपअन्तर्गत आइतबार भएको फाइनल खेलमा पुरुषतर्फ दक्षिण कोरिया तथा महिलातर्फ युएई च्याम्पियन बनेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले हरायो। त्यसअघि, आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका...
विश्वकप फुटबल: साविक विजेता फ्रान्स सेमिफाइनलमा
साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई हराउँदै फ्रान्सले सेमिफाइनलमा प्रवेश गरेको हो। कतारको अल वयात रंगशालामा शनिबार राति भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। फ्रान्सका लागि अउरेलियन चुआमेनी र ओलिभर जिरुडले गोल गरे। इंग्ल्यान्डका लागि ह्यारी केनले गोल गरे। खेलको...
विश्वकप फुटबल: पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा
मोरक्काले पोर्चुगललाई हराउँदै कतारामा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। मोरक्कोले पहिलो हाफमा गरेको १ मात्र गोल खेलमा निर्णायक बन्यो। योसँगै मोरक्को विश्वकपको सेमिफाइलनमै प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्रसमेत बनेको छ। क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए। उनले...
विश्वकप फुटबल: अर्जेन्टिना सेमिफाइनलमा, नेदरल्यान्ड् स्तब्ध
यस संस्करणको फिफा फुटबलमा दावेदार मानिएको महारथी अर्जेन्टिनाले प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाएको छ। रोमाञ्चक र नाटकीय खेलको टाइब्रेकरमा नेदरल्यान्ड्सलाई ४–३ गोलले स्तब्ध बनाउँदै अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो। लुसेल आइकोनिक स्टेडियममा शुक्रबार राति भएको निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा अर्जेन्टिनाले बाजी मार्‍यो। सुरुवाती २...
विश्वकप फुटबल: साविक उपविजेता क्रोएसिया सेमिफाइनलमा
पेनाल्टी सुटआउट ब्राजिललाई ४–२ ले पराजित गर्दै शुक्रबार साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ। कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेट, इन्जुरी समय र अतिरिक्त समयमा क्रोएसिया र ब्राजिल १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जसमा ब्राजिलका रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाउँदा...